Close

Recent Posts

फिल्म ’कंगाल करोडपति’ बनाउने घोषणा

फिल्म ’कंगाल करोडपति’ बनाउने घोषणा
  • २२ कार्तिक २०८२, शुक्रबार १२:१२

काठमाडौं– सिनेमा पाठशालाको ब्यानरमा फिल्म ’कंगाल करोडपति’ निर्माण हुने भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच यो फिल्म निर्माण घोषणा गरिएको हो ।

mulpatra

राजु श्रेष्ठको निर्माण तथा निर्देशनमा फिल्म बन्नेछ । लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय श्रेष्ठको डेब्यु फिल्म ’कंगाल करोडपति’ को निर्माता कैफ खान छन् । कथा, पटकथा र संवाद सुमन गजमेरले लेखेका हुन्।

फिल्ममा उमर खान र पदम लोहोर मुख्य भूमिकामा देखिने आयोजित कार्यक्रममा जानकारी दिइयो । अन्य कलाकार खोजी भइरहेको निर्देशक श्रेष्ठले बताए। फिल्मको कार्यकारी निर्माता मनोज केसी छन्।

mulpatra mulpatra mulpatra

निर्माण टिमका अनुसार, फागुन महिनाबाट छायांकन थालिनेछ। एउटा सामान्य मान्छे करोडपति र करोडपति कंगाल बन्दाको कथामा फिल्म निर्माण हुने घोषणा कार्यक्रममा जानकारी दिइयो।