बम विष्फोटका आरोपित पुर्व मन्त्री आलमको मृत्यु

बम विष्फोटका आरोपित पुर्व मन्त्री आलमको मृत्यु
  • २३ कार्तिक २०८२, शनिबार ०६:५२

काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री मोहम्मद अफताव आलमको मृत्यु भएको छ । अस्पतालमा भर्ना भएका आलमको स्वास्थ्य अवस्था खराब भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेका थियो ।

mulpatra

२०६४ सालको निर्वाचनमा रौतहतमा भएको बम विष्फोट र त्यसमा घाइते भएकाहरुलाई जिउँदै इटाभट्टामा जलाएको आरोपमा उनी नक्खु कारागारमा रहेका थिए । गत जेठमा नक्खु कारागारबाट छुटे लगतै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो।

आलामलाई दिएको जिल्ला अदालत रौतहटको जन्म कैदको फैसाला उच्च अदालतले सफाइ दिएपछि उनी छुटेका थिए । उच्च अदालत जनकपुरका न्यायधीश द्वव खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले आलामलाई सफाइ दिएपछि चौतर्फी विरोध भएको थियो ।

तर उच्चको फैसलाविरुद्ध पुनः सरकारले नै सर्वोच्चमा पुनरावेदन गरेको थियो सो को फैसला नआउँदै उनको मृत्यु भएको छ ।