घनश्याम भुसालको नेतृत्वमा एकिकृत समाजवादी पुर्नगठन
काठमाडौँ । नेकपा (एकिकृत समाजवादी) पुर्नगठन हुने भएको छ । महासचिव घनश्याम भुसालको नेतृत्वमा एकिकृत समाजवादी पुर्नगठन हुने निर्णय भएको नेता दामोदर अर्यालले जनाएका छन् ।

एकिकृत समाजवादीको बैठकको बहुमतले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि महासचिव घनश्याम भुसाल लगायतका ६० बढी नेता माओवादीसँग एकिकरणमा नजाने निर्णयमा पुगेका थिए । तिनै सदस्यहरुको हिजो भएको भर्चुअल बैठकले भुसाललाई संयोजक तोकेर मङ्सिर महिनामा राष्ट्रिय भेला गर्ने तयारी गरेको छ ।
नेकपा माओवादी केन्द्रसँग एकता पछि बनेको नेपाली कम्युनिस्ट पार्टीमा समाजवादीका अन्य नेता कार्यकर्ताहरु समेत जान तयार भएनन । रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेताहरु नेकपा एमालेमै फर्कने तयारी गरिरहेका छन् । भने घनश्याम भुसाल, घनेन्द्र बस्नेत, दामोदर अर्याल, विजय पौडेल लगायतका नेताहरु भने समाजवादी पुर्नगठनमा लागेका छन् ।
![]() |
![]() |
![]() |
|---|
यसरी पुर्नगठनमा लागेकाहरु नेकपा माओवादी केन्द्रबाट अलग हुने निर्णय गरेका जनार्दन शर्मा, राम कार्की लगायतका नेताहरुले गठन गर्ने कम्युनिष्ट समूहसँग एकता, सहकार्य गर्ने समेत छलफलमा लागिरहेको एक नेताले जानकारी दिएका छन् ।



