Close

Recent Posts

जेनजी आन्दोलनमा झापा कन्काई नगरपालिकाको कार्यालय तोडफोडमा संलग्न बराइली पक्राउ

जेनजी आन्दोलनमा झापा कन्काई नगरपालिकाको कार्यालय तोडफोडमा संलग्न बराइली पक्राउ
  • २४ कार्तिक २०८२, आईतवार १६:२८

काठमाडौं– जेनजी आन्दोलनका क्रममा व्यक्ति र प्रहरीको झापाको कन्काई नगरपालिकाको भौतिक सम्पत्ति तोडफोड, आगजनी गरेको आरोपामा झापा कन्काई नगरपालिका –३ का बिष्सु बराइली पक्राउ परेका छन् । उनलाई प्रहरीले शुक्रबार पक्रिएको थियो । उनकै नेतृत्वमा झापाको कन्काई नगरपालिकाको भौतिक सम्पति, सवारी साधन र अन्य भौतिक सामाग्री तोडफोड गरिएको थियो ।

mulpatra

जेनजी आन्दोलनमा चोरी गरेको करिब ५० तोला सुन दशैं–तिहारमा बिक्री गरेको र यो सुन खरिदको गरेको प्रमाण नभेटिएको मौखिक उजुरी प्रहरीमा स्थानियबासीले दिएका थिए । सोही आधारमा उनीमाथि छानबिन गर्न समेत स्थानियबासीले प्रहरीसँग माग गरेका छन् । प्रहरीले भने त्यस विषयमा समेत छानविन भइरहेको जनाएको छ ।

उनीसँग जेनजी आन्दोलनकै दिन झापाको कन्काई नगरपालिकाको भौतिक सम्पति र सोही नगरपालिकाभित्रका व्यक्ति सम्पति तोडफोड गर्ने व्यक्तिको पहिचान भएरहेको र उनीहरु पनि तत्काल पक्राउ गर्नेगरी खोजी भइरहेको प्रहरीले जनाएको छ ।

जेनजी आन्दोलनको मौका छोपि केही अराजक समुहले कन्काई नगरपालिकाका यी क्षेत्रमा तोडफोड गरेको थिए ।

कन्काई नगरपालिका

क) कन्काई न.पा.–१ स्थित कन्काई न.पा. को कार्यालय भवन तोडफोड र आगजनी।

ख) कन्काई न.पा.–१ र ७ स्थित नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको २ वटा घरमा तोडफोड, आगजनी र लुटपाट।
ग) कन्काई न.पा.–३ स्थित नगर उपप्रमुख आशा कुमारी शिवाकोटीको घर तोडफोड।
घ) कन्काई न.पा.–३ का वडाध्यक्ष युवराज चौलागाईंको घर तोडफोड।
ङ) कन्काई न.पा.–३ स्थित इलाका प्रहरी कार्यालय, सुरुङ्गाको भवन तोडफोड र सवारी साधनहरुमा आगजनी।
च) कन्काई न.पा.–१, २, ३, ४, ५, ६, ७, ८ र ९ वडा कार्यालयहरुमा तोडफोड र आगजनी।
छ) कन्काई न.पा.–३ स्थित नेपाली कांग्रेसका झापा जिल्ला सभापति देउकुमार थेवेको घर तोडफोड र सामानहरु घर बाहिर ल्याएर आगजनी।

यसरी सरकारी सम्पतिमा तोडफोड गर्ने धेरै व्यक्तिको पहिचान भएको र उनीहरुको पनि खोजी भइरहेको कन्काईको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

(यस अघि शिर्षक अन्यथा रहेकोले सन्चाइएको छ – सम्पादक)