चितवन ब्रदर होल्डले जेनजी आन्दोलनमा भएको तोडफोडमा संलग्न युवालाई धरपकड सरकारलाई नगर्न आग्रह
काठमाडौं– चितवन ब्रदर होल्ड समुहले जेनजी आन्दोलनमा भएको तोडफोडमा संलग्न युवालाई धरपकड नगर्ने सरकारलाई आग्रह गरेको छ । यस समुहले देशको परिवर्तनका लागि लडेका युवालाई संरचनामा आगजनी र तोडफोड नाममा सरकारले दुख दिइरहेको र यो तत्काल रोक्न आग्रह गर्दै खबरदारीसभा समेत आयोजना गरेको छ ।

सरकारले परिर्वतनका लागि लडेको युवालाई त्यही आन्दोलन दबाउन चलखेल गदै संरचनामा आगजनी र तोडफोडमा जोडेर फसाइरहेको प्रति उनीहरुको आपक्ति छ । ब्रदर होल्डले जेनजीका माग पुरा गर, जेनजीलाई रिहाइ गर भन्दै प्रदर्शन गरेका छन् ।
जेनजी आन्दोलनका क्रममा ९८ वटा संरचनामा आगजनी र तोडफोड भएको पाइएको छ । त्यसमध्ये ७९ वटा सरकारी कार्यालयमा आक्रमण, आगजनी र तोडफोड भयो । यस्तै १६ वटा व्यापारिक प्रतिष्ठान तथा निजी घरमा समेत आगजनी र तोडफोड भएको छ । यीनै संरचनामा आगजनी र तोडफोडको आरोप लगाएर जेनजीहरु सरकारले समाउँदै आएको छ ।
![]() |
![]() |
![]() |
|---|






