फर्किने चाहनेलाई पहिलाकै पद दिएर एमालेमा फकाइदै

फर्किने चाहनेलाई पहिलाकै पद दिएर एमालेमा फकाइदै
  • २५ कार्तिक २०८२, सोमबार १०:१६

काठमाडौँ– नेकपा एमालेले पार्टी छाडेकाहरुलाई ‘घर फर्क अभियान’ चलाएको छ । यो क्रममा सोमबार काठमाडौँमा हुने कार्यक्रममा एमाले छाडेर बाहिर बसेका एक सय भन्दा बढी नेता कार्यकर्ता फर्कँदैछन् ।

mulpatra

सोमबार दिउँसो राष्ट्रिय सभागृहमै ‘घर फर्क राष्ट्रिय अभियान’ आरम्भ हुँदैछ । काठमाडौँको कार्यक्रमपछि जिल्लामा पनि पार्टीमा फर्काउने अभियान चलाइने एमालेले जनाएको छ ।

फर्किएकालाई ११ औं महाधिवेशनमा सहभागी हुने प्रयोजनका निम्ति पार्टीले केही न केही व्यवस्था गर्ने संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको भनाइ छ । उनका अनुसार सदस्यता नवीकरण र महाधिवेशन प्रतिनिधि चयनको प्रक्रियामा सहभागी हुने अवसर पनि दिइने छ ।

mulpatra mulpatra mulpatra

सामान्यतया महाधिवेशनको मिति तोकिएपछि सदस्यता नवीकरण र स्थानान्तरण बन्द हुन्छ । तर, पार्टीमा फर्किएर काम गर्न चाहनेहरूका हकमा कुनै न किसिमले सहज बनाउने निर्णय गरिने भएको छ ।