कुलमानको उज्यालो नेपाल पार्टी दर्ताको तयारीमा

कुलमानको उज्यालो नेपाल पार्टी दर्ताको तयारीमा
  • २५ कार्तिक २०८२, सोमबार १२:५९

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको पार्टीको नाम टुंगो लागेको छ । विभिन्न नामहरूमा छलफल चलेपछि अन्तिममा ‘उज्यालो नेपाल पार्टी’ हुने गरी सहमति भएको नवगठित पार्टीका केन्द्रीय सदस्य जितराम लामाले जानकारी दिए ।

mulpatra

​आइतबार ‘जनसेवा नेपाल पार्टी’ नाम राखी अगाडि बढ्ने सहमति भए पनि बेलुका भेला भएका नेताहरूले नमानेपछि नाम परिवर्तन गरिएको उनले बताए । उनका अनुसार पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता हुनेछ ।

पार्टीमा रहने केन्द्रीय सदस्यहरूको टुंगो लगाउनका लागि अहिले पनि छलफल चलिरहेको छ । ​महाधिवेशनबाट पदाधिकारीहरू चयन गर्ने गरी आज निर्वाचन आयोगमा ‘उज्यालो नेपाल पार्टी’ दर्ता गर्न लागिएको उनले जानकारी दिए ।