भिम रावल पनि नेपाली कम्युनिष्ट पार्टीमा
काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा केपी ओलीसँग प्रतिस्पर्धा गरेकै कारण लखेटिएका नेता भिम रावल अन्ततः नेपाली कम्युनिष्ट पार्टीमा समायोजनमा जाने भएका छन् । रावलले नेकपा एमालेले कारवाही गरेपछि मातृभूमि जागरण अभियान, नेपाल चलाइरहेका थिए । रावललाई नारायणकाजी र बामदेव गौतम सरहकै वरियतामा राख्ने गरि सहमति भएको जनाइएको छ ।

उनको मातृभूमि जागरण अभियान, नेपाल र नेपाली कम्युनिष्ट पार्टीबीचको समायोजन २६ गते बुधबार राष्ट्रिय सभामा कार्यक्रम गर्दै हुने भएको छ ।
समायोजन कार्यक्रम भव्यताका साथ गर्ने र सबै नेताहरु सहभागी हुने जनाइएको छ । कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव कुमार नेपाल, मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावलले सम्बोधन गर्ने बताइएको छ ।
![]() |
![]() |
![]() |
|---|



