होटलमा बसेर मुख्यमन्त्री नियुक्ति गर्ने मधेश प्रदेश प्रमुख भइन पदमुक्त
काठमाडौं। जेनजी आन्दोलन पछि बनेको अन्तरिम सरकार प्रमुख सुसिला कार्की नेतृत्वको मन्त्रिपरिषदले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाउने निर्णय गरेको छ ।

आइतबार प्रदेश प्रमुख भण्डारीले एक होटलमा एमाले नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरि होटलमै शपथ पनि खुवाएकी थिइन् । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम भन्दै ठुलो दलको हैसियतमा यादवलाई मुख्यमन्त्री नियुक्ति गरेपछि सर्वत्र आलोचना भएको छ ।
सोही कारण देखाउँदै आज सोमबार बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाएको हो ।
![]() |
![]() |
![]() |
|---|



