३३ औं प्रहरी प्रमुख (आईजीपी) बने कार्की
काठमाडौँ । प्रहरी महानिरीक्षकमा दान बहादुर कार्र्की नियुक्त भएका छन् । आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरीको ३३ औँ महानिरीक्षक (आईजीपी) उनलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

३० वर्षे सेवा अवधि पुरा गरेर वर्तमान आईजीपी चन्द्र कुवेर खापुङ भोली देखि अवकासमा जाने भएका छन् ।
आईजीपी हुने प्रतिस्पर्धामा कार्कीसँगै उनका व्याचमेट हाल एआईजी रहेका राजन अधिकारी र डा. मनोज कुमार केसी, शिद्धी बिक्रम शाह समेत आईजीपीको लाइनमा थिए । उनीहरुलाई पछि पार्दै कार्की प्रहरी प्रमुख बन्न सफल भएका छन् ।
![]() |
![]() |
![]() |
|---|
२०५४ बाट इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका कार्की २०८४ चैत्र सम्म महानिरीक्षक भएर काम गर्न सक्नेछन् ।



