Close

Recent Posts

नीति महाधिवेशनको पक्षमा कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्की

नीति महाधिवेशनको पक्षमा कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्की
  • २६ कार्तिक २०८२, मंगलवार १५:०२

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको चर्चा चलिरहेका बेला नेता ज्ञानेन्द्र बहादुर कार्कीले चुनावअघि नीति महाधिवेशन गर्न प्रस्ताव गरेका छन्।

mulpatra

उनले केन्द्रीय कार्यसमिति बैठकमा आगामी फागुनमा हुन गइरहेको निर्वाचन अगावै महाधिवेशन गर्न सुझाव समेत दिएका छन् ।

गगन थापा, विश्वप्रकाश शर्मा लगायतका नेताहरुको प्रस्तावमा १४ औँ महाधिवेशनका झण्डै ५४ प्रतिशत प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरेका थिए उनीहरुको माग सम्बोधन गर्न पनि चुनाव अघि नै नीति महाधिवशेनका रूपमा गर्नुपर्ने नेता कार्कीको भनाइ थियो ।

mulpatra mulpatra mulpatra

उनले महाधिवेशन गर्ने नगर्ने कुरामा उर्जा खर्च गर्नुभन्दा ५४ प्रतिशत सदस्यको मागलाई नीति महाधिवेशनले समेट्ने धारणा व्यक्त गरेका छन् ।