फागुन १ देखि ७ सम्म कर्णालीमा हुँदै १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता
काठमाडौँ । १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने भएको छ । आउँदो फागुन १ देखि ७ गते सम्म सन्चालन हुने गरि मन्त्रिपरिषदले स्वीकृत गरेको छ ।

आज सार्वजनिक भएको मन्त्रिपरिषद्को निर्णय अनुसार आगामी फागुन १ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुनेछ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को गत बुधबार बसेको बैठकले दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना फागुन १ देखि ७ सम्म कर्णाली प्रदेशमा गर्ने निर्णय गरेको थियो । हिजो बसेको मन्त्रीपरिषदको बैठकले त्यसलाई स्वीकृत गरेको छ ।
यस अघि नवौँ राष्ट्रिय खेलकुद २०७९ गण्डकी प्रदेशमा सम्पन्न भएको थियो ।
![]() |
![]() |
![]() |
|---|





