मंसिरमा कोरिया भाषा परिक्षा सञ्चालन नभए कोटा गुम्ने अनुमान
काठमाडौं– रोजगार अनुमति प्रणाली (ईपीएस)ले सञ्चालन गदै आएको कोरियान भाषा मंसिरभित्र नभए रोजगारी गुम्ने खतरा बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार मंसिर कोरियन भाषा परिक्षा सञ्चालन भएन भने कोरियाको रोजगारी गुम्दै छ ।

मानव संशाधन बोर्ड (एचआरडी) कोरियाले यही कात्तिक २० देखि नेपालका लागि भाषा परीक्षा गराउने गरी अनौपचारिक मिति तय गरेर सूचना दिएको भए पनि नेपालको अवस्थाका कारण परीक्षा केही पछि सरेको थियो ।
कोरियन रोजगारदाताले गर्दै आएको मागका विषयलाई लिएर विभिन्न प्रकारका धर्ना र विरोधका कार्यक्रम गरेर परीक्षा सञ्चालन नगर्न दबाब भइरहेका बेला मंसिर १ बाट उत्पादनमूलक क्षेत्रको परीक्षा सञ्चालन गर्न सोमबार परीक्षा तालिका सार्वजनिक भएको छ । उत्पादनमूलक क्षेत्रमा ७ हजारको परीक्षा शुरु गरिने भएको हो ।
![]() |
![]() |
![]() |
|---|
हाल उत्पादनमूलक क्षेत्रको परीक्षा लिइने र कृषि तथा पशुपालन क्षेत्रका परीक्षार्थीको लागि पछि मिति तय गरिने जनाइएको छ । कृषि तथा पशुपादन क्षेत्रका परीक्षार्थीको संख्या ३५ हजारको हाराहारीमा रहेको छ ।
भाषा परीक्षा सञ्चालनमा अवरोध आए बल प्रयोग गरेर भए पनि परीक्षा सञ्चालन गर्ने विभागले श्रम, रोजगार तथा साामाजिक सुरक्षा मन्त्रालय र गृह मन्त्रालयसँग सहयोग मागेको छ । भाषा परीक्षा तयारीका लागि लाखौं खर्च गरेर बसेका हजारौं परीक्षार्थीको भविष्य अन्योलमा पर्ने देखिएपछि भाषा परीक्षा गर्ने निष्कर्षमा सरकार पुगेको हो ।
ईपीएसविरुद्ध विरोधका कार्यक्रम हुँदा नेपालको छविसमेत अन्तर्राष्ट्रिय स्तरमा नराम्रो पर्ने र ईपीएस कोटासमेत गुमाउने स्थिति आउने भएपछि जसरी पनि परीक्षा गर्ने मनस्थितिमा सरकार पुगेको हो । जसका कारण कोरियाको कोटा गुम्ने सम्भावना छ । जसका कारण कोरियन भाषा सञ्चालनको तालिका सार्वजनिक गरिएको हो ।
Image Source: © https://mulpatra.com
भाषा परीक्षाको सूचना सोमबार कोरिया र नेपालले एकै पटक सार्वजनिक गरेका छन् । परीक्षामा १ लाख २ हजार ५१५ परीक्षार्थी सहभागी हुने भए पनि पहिलो चरणमा उत्पादनमूलक क्षेत्रका ७ हजारलाई प्राथमिकतामा राखेर सूचना जारी गरिएको छ ।
वैदेशिक रोजगार विभाग, ईपीएस शाखा नेपालका अनुसार एचआरडी कोरियाले १ लाख २ हजार ५१५ परीक्षार्थीका लागि तत्काल भाषा परीक्षा गराउने गरी तालिका प्रकाशित गरेको भए पनि गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यलय ललितपुर तथा अन्य निकायको अनुरोधमा तोकिएको मितिमा परीक्षा नगर्न सुझाव दिएपछि केही समयका लागि परीक्षा पर सरेको थियो ।
जेनजी सरकारले वैदेशिक रोजगारीका समसामायिक विषयमा वेवास्ता गर्दा त्यसको मारमा कामदार र म्यानपावर व्यवसायी पर्न थालेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री नहुँदा त्यसको प्रष्ट असर वैदेशिक रोजगारीमा परेको छ ।
जेनजी आन्दोलनपछि यूएई सरकारले नेपाली कामदार लिन रोक लगाएको २ महिना हुँदा समेत यस विषयमा यूएईस्थित नेपाली दूतावास र श्रम मन्त्रालय गम्भीर नभएको व्यवसायीको आरोप छ । यस विषयमा वैदेशिक रोजगार व्यवसायीले चर्को आवाज उठाउन सकेको छैन । भने वैदेशिक रोजगार प्रगातिशील मञ्च र वैदेशिक रोजगार युवा व्यवसायी संघले भने आवाज उठाउँदै आएको छ ।



