मधेस प्रदेश प्रमुखमा सपथ लिए सुरेन्द्रलाभ कर्णले

मधेस प्रदेश प्रमुखमा सपथ लिए सुरेन्द्रलाभ कर्णले
  • २६ कार्तिक २०८२, मंगलवार १६:०१

काठमाडौं । सरकारले मधेस प्रदेश प्रमुखमा सुरेन्द्रलाभ कर्णलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज मंगलबार कर्णलाई सपथ खुवाएका छन् ।

mulpatra

‘नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम श्री सुरेन्द्र लाभ कर्ण, धनुषालाई मिति २०८२/०७/२५ गतेदेखि मधेस प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ’ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यस अघिको मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले उपचारका लागि काठमाडौं जाने भन्दै मुख्यमन्त्रीसँग बिदा भएर होटलमा मुख्यमन्त्री नियुक्त गर्दै एमाले संसदीय दलका नेता सरोज यादवलाई शपथ खुवाएपछि मधेसमा विवाद बढेको छ । सोही कारण भण्डारीलाई प्रदेश प्रमुखबाट हिजो सोमबारको मन्त्रीपरिषदको निर्णयबाट हटाइको थियो ।

mulpatra mulpatra mulpatra