कुलमानको उज्यालो नेपाल पार्टीले आयोगमा अध्यावधिक, को–को छन्
काठमाडौं– कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगमा अध्यावधिक विवरण बुझाएको छ । यो पार्टीले चुनाव चिह्न भने बिजुलीको चिम माग गरेको छ ।

साउन २७ गते नै मानबहादुर तामाङको नेतृत्वमा निवेदन दिएको उज्यालो नेपाल पार्टी पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा पुनर्गठन हुने भनिएको हो ।
डडेलधुराको प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित सांसद डा तारा जोशी, प्राध्यापक डाक्टर महेन्द्र लावती, चर्चित कार्यक्रम प्रस्तोता रिमा विश्वकर्मा, खड्गबहादुर बस्नेत, टासी ल्हाजोमलगायतको नाम आयोगमा अध्यावधिक गरिएको हो।
त्यस्तै यसअघि सुशीला कार्की नेतृत्वकै सरकारमा पर्यटनमन्त्री बन्ने चर्चामा थिइन्। तर उनका विषयमा सामाजिक सञ्जालमा टिकाटिप्पणी भएपछि उनको मन्त्री बन्ने यात्रामा ब्रेक लागेको थियो।
![]() |
![]() |
![]() |
|---|
जेनजी पार्टी भनेर निर्वाचन आयोगमा दर्ता गरेका किरण विक भने यो पार्टीमा सामेल भएको वाइबाले दाबी गरे। उनले पूर्वसांसद सुमना श्रेष्ठ, हामी नेपालका संयोजक सुदन गुरुङलगायत भने यो पार्टीमा नभएको उनले जानकारी दिए। उनीहरु पनि कुलमानसँग जाने चर्चा थियो ।



