Close

Recent Posts

स्काउटको जग्गा ओगटेर खड्का ल्याण्डले बनाएको संरचनामा महानगरले डोजर चलायो

स्काउटको जग्गा ओगटेर खड्का ल्याण्डले बनाएको संरचनामा महानगरले डोजर चलायो
  • २८ कार्तिक २०८२, बिहीबार १०:३९

काठमाडौं– खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले लैनचौरस्थित स्काउटको जग्गामा बनाएको संरचनामा काठमाडौं महानगरले डोजर चलाएको छ ।

mulpatra

नेपाल स्काउटले लैनचौरस्थित मूल सडकसँग जोडिएको जग्गााको भाडाबापतको बक्यौता बुझाउन खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई सात दिने अल्टिमेटम दिएको थियो ।

युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत पर्ने उक्त संरचनामा खाली गर्नका लागि मन्त्रालयकै आग्रहमा महानगरले सहजीकरण गरेको हो । उक्त कम्पनी नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको स्वामित्वमा छ ।

mulpatra mulpatra mulpatra

लैनचौरस्थित कित्ता नम्बर १० को खानी विभागसँग सिमाना जोडिएको ३ रोपनी रैकर जग्गा भोग चलन गर्न नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिबीच २०६५मा सम्झौता भएको थियो। १० वर्षे करार सम्झौता २०७५ सालमै सकिएको भए पनि कम्पनीले स्काउटको स्वामित्वको जग्गा छाडेको थिएन ।

महानगरले नेपाल स्काउटको लिजमा लिएको जग्गाको भाडा बुझाएर खाली गर्न पटकपटक ताकेता गर्दै आए पनि कम्पनीले अटेर गर्दै आएको थियो। स्काउटले सात दिनभित्र बक्यौता बुझाउन अन्तिम ताकेता गरेको थियो ।