सघका अध्यक्ष गुरुङको निर्देशन भन्दै अराजक व्यवसायी हुसेनले मूलपत्रको कार्यालय तोडफोड र पत्रकारलाई आक्रमण गर्ने धम्कीहुसनेजस्तै गुरुङको पनि धम्की
काठमाडौं– तराई वैदेशिक रोजगार व्यवसायी समाजका प्रथम उपाध्यक्षमा अख्तर हुसेनले मूलपत्र मिडियाको कार्यालय तोडफोड र पत्रकारमाथि गुण्डा लगाएर आक्रमण गर्ने धम्की दिएका छन् ।

अख्तर हुसेनले नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष भुवनसिंह गुरुङविरुद्ध मूलपत्रले कलम चलाएको र गुरुङ र स्यंम आफुनै मुलपत्र मिडियाको कार्यालय तोडफोड गर्ने र पत्रकारमाथि पनि आक्रमण गर्ने भन्दै पटक–पटक धम्की दिदै आएका छन् ।
उनले पत्रकार महासंघ र प्रहरीमा आफनो मान्छे भएको र मूलपत्रमाथि आक्रमण गर्न संघको अध्यक्ष भुवनसिंह गुरुङले सहयोग गर्ने आश्वासन दिएको समेत मूलपत्रबाट फोन गर्दा धम्क्याए ।
गुरुङले कसरी हुन्छ मूलपत्रलाई तह लगाउन सल्लाह मागेको र सोही अनुसार आफुले प्रहरीसँगै केही पत्रकारसँग सल्हाल समेत गरेको भन्दै मूलपत्रसँगको कुराकानीमा अर्को धम्की दिए । उहाँको निर्देशनमा मैले मूलपत्र मिडियाको फेसबुक पेजमा रिपोर्ट गर्ने र डिस्लाइक अभियान चलाएको थिए । ‘अध्यक्ष गुरुङले नै सहयोग गर्छु भन्ने भएको छ । मसँग पनि पावर र पैसा मूलपत्रको कार्यालयसँगै पत्रकारलाई पनि आक्रमण गर्न सक्छु । मसँग मूलपत्रलाई आक्रमण गुण्डा र पैसा दुवै छ ।’ उनले धम्कीपुर्ण भाषा प्रयोग गदै मूलपत्रलाई धम्क्याए ।
![]() |
![]() |
![]() |
|---|
हुसेनले मूलपत्रको समाचार सेयर गर्ने म्यानपावर व्यवसायीलाई धम्क्याउने र विभागलाई छापा मार्न लगाउने धम्की दिदैै आएको व्यवसायीकै गुनासो छ । उनी पनि वैदेशिक रोजगारीमा ठगि गर्ने म्यानपावर व्यवसायी हुन् । यस विषयमा कुराकानी गर्न खोज्दा गुरुङले फोन उठाएनन् । हुसेनले भने गुरुङको निर्देशनमा मूलपत्रमाथि जति बेला पनि आक्रमण गर्न सक्ने धम्की दिदै फोन राखे ।
मूलपत्रमा प्रकाशित समाचारमा चित्त नबुझे कानुनी उपचार खोज्न पटक–पटक संघका अध्यक्ष गुरुङ र हुसेनलाई आग्रह गदै आएको छ । तर दुवै जनाले कानुनी उपचार खोज्नुभन्दा मूलपत्र मिडियामाथि आक्रमण गर्ने चेतवानी दिदै आएका छन् ।
संघका अध्यक्ष गुरुङ नै मानव तस्करीमा, बुल्गेरिया पठाउँछु भन्दै २ युवतीसँग साढे २९ लाख लाख ठगि भनेर मूलपत्रमा आएको समाचारमा केही व्यवसायी समाचार हटाउन दबाब दिदै आएका छन् । यो गुरुङले मलेसियाको एक रोजगारदाता कम्पनीको भिसा एजेण्टमार्फत किनेको पाइएको छ ।
Image Source: © https://mulpatra.com
उनले मलेसियाको (जिसिएच रिटेल एसडिएन विएचडी) रोजगारदाता कम्पनीबाट मलेसियाली एजेण्ट क्याल्भिनबाट भिसा किनेको आप्रवासन क्षेत्रमा काम गदै आएका एनडि हलले खुलासा गरेको थियो । योसँगै संघको अध्यक्षजस्तो मयार्दित पदमा बसेर उनले गरेको विकृतिका बारेमा मूलपत्रले कलम चलाउँदै आएको छ ।
गुरुङले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र साइबर ब्यूरो प्रहरी लगाएर मूलपत्रका संयोजक रमेश भारतीलाई पक्राउने धम्की दिदै हिडेका छन् । गुरुङले संघ बैंठकमा साइबर र सीआईबीमा आफनो पहुँच भएको र भारतीलाई तत्काल दुवै प्रहरी लगाएर पक्रिने भन्दै त्रास फैलाएका छन् ।
गत साता अध्यक्ष गुरुङले आफ्नो संघको गत निर्वाचनको मुख्य एजेन्डा नै सिन्डिकेटको विरोध रहेको बताए । त्यसपछि थाले मूलपत्रलाई तथानाम गाली गर्ने । उनले मूलपत्र भन्ने अनलाइनले मलेसिया सिण्डिकेटविरुद्ध कलम चलाएर गलत गरेको भन्ने सन्देश संघको भेलालाई दिन खोजे ।
त्यति मात्र होइन मूलपत्रका पत्रकारलाई ठेगान लगाउने धम्की व्यवसायीकै अगाडी दिए । अनि भन्न थाले म मूलपत्र अनलाइनका पत्रकारले कसरी हुन्छ ठेगान लगाउँछु ३ दिन भित्रमा भनेर घुमारो पारामा संघकै भेलामा धम्की दिए । उनले यसरी मूलपत्रलाई गाली गरिरहँदा संघको विरोध कार्यक्रममा भेला भएको व्यवसायीले नै खिल्ली उडाउँदै मुखा–मुख समेत गरेका थिए । कतिपय व्यवसाय उनले संम्बोधन गर्न थालेपछि कार्यक्रमबाट बाहिरिएको पनि थिए ।
हुसेन आफु नै विवाद र ठगिएमा मुछिएका व्यवसायी हुन् । उनको व्यावसायिक चरित्र खासै राम्रो नभएको र कतिपय नेताको आफन्त हुन् भनेर व्यवसायी र कामदार धम्क्याउने व्यक्ति हुन ।
हुसेनमाथि कारवाही गर्ने कि नगर्ने त्यो संघको कुरा हो । तर संघ व्यक्तिको होइन संस्था हो । त्यही भएर संघको आधिकारिक पेजबाट हुसेनले जुन हर्कत देखाए । त्यसको कानुनी उपचार खोज्न सम्बन्धीत निकायलाई मूलपत्रको आग्रह छ



