Close

Recent Posts

प्रगतिशील राष्ट्रिय अभियानको ३१ सदस्यीय संयोजन समिति गठन

प्रगतिशील राष्ट्रिय अभियानको ३१ सदस्यीय संयोजन समिति गठन
  • २८ कार्तिक २०८२, बिहीबार १६:०९

काठमाडौं– प्रगतिशील राष्ट्रिय अभियानले केन्द्रीय संयोजन समिति बनाएको छ । पूर्वमाओवादीका केन्द्रीय सदस्य, विद्यार्थी नेतादेखि पूर्वजनमुक्ति सेना, वाईसीएल, पत्रकार लगायतलाई समेटेर ३१ सदस्यीय संयोजन समिति बनाइएको हो ।

mulpatra

बिहीबार पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार संयोजन समितिमा सुदन किराती, मदन भट्टराई, मदन लिम्बू, सम्झना राई, पुजन सिंह, अरविद्र यादव, लक्ष्मी गुरुङ र प्रकाशचन्द्र पाण्डे रहेका छन् ।

यसैगरी राजु ओलमगर, सन्तोष विष्ट, प्रेमबहादुर तामाङ, यज्ञबर्मा शर्मा, क्षितिज सापकोटा, बाबुराम नेपाली, किस्मतकुमार विक, सन्दिप पुन र यगेन्द्र ढकाल रहेका छन् ।

यस्तै नारायणी शर्मा, भीमबहादुर मल्ल, गोरखबहादुर केसी, जटिल कार्की, देवीराम देवकोटा, जन्मेदव जैसी, टेकेन्द्र भट्ट, दीपक साउद, पुष्प न्यौपाने, डा. अच्युत भट्ट, विमल सिंह, निर्मला गौतम, रामहरि पुडासैनी र धर्मराज खतिवडा रहेका छन् ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबिच कात्तिक १९ गते एकता हुने भएपछि त्यसको एकदिन अगाडिनै नेता जनार्दन शर्मा, राम कार्की लगायत नेताहरूले अभियान घोषणा गरेका थिए ।

बुधबार मात्र माओवादीका पूर्व केन्द्रीय सदस्यहरू लक्ष्मण पन्त, ओम शर्मा लगायत १० जनाले विज्ञप्ति जारी गरी प्रगतिशील राष्ट्रिय अभियानमा जोडिएको घोषणा गरेका थिए ।