Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

प्रगतिशील राष्ट्रिय अभियानको ३१ सदस्यीय संयोजन समिति गठन

प्रगतिशील राष्ट्रिय अभियानको ३१ सदस्यीय संयोजन समिति गठन
  • २८ कार्तिक २०८२, बिहीबार १६:०९

काठमाडौं– प्रगतिशील राष्ट्रिय अभियानले केन्द्रीय संयोजन समिति बनाएको छ । पूर्वमाओवादीका केन्द्रीय सदस्य, विद्यार्थी नेतादेखि पूर्वजनमुक्ति सेना, वाईसीएल, पत्रकार लगायतलाई समेटेर ३१ सदस्यीय संयोजन समिति बनाइएको हो ।

mulpatra

बिहीबार पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार संयोजन समितिमा सुदन किराती, मदन भट्टराई, मदन लिम्बू, सम्झना राई, पुजन सिंह, अरविद्र यादव, लक्ष्मी गुरुङ र प्रकाशचन्द्र पाण्डे रहेका छन् ।

यसैगरी राजु ओलमगर, सन्तोष विष्ट, प्रेमबहादुर तामाङ, यज्ञबर्मा शर्मा, क्षितिज सापकोटा, बाबुराम नेपाली, किस्मतकुमार विक, सन्दिप पुन र यगेन्द्र ढकाल रहेका छन् ।

mulpatra mulpatra mulpatra

यस्तै नारायणी शर्मा, भीमबहादुर मल्ल, गोरखबहादुर केसी, जटिल कार्की, देवीराम देवकोटा, जन्मेदव जैसी, टेकेन्द्र भट्ट, दीपक साउद, पुष्प न्यौपाने, डा. अच्युत भट्ट, विमल सिंह, निर्मला गौतम, रामहरि पुडासैनी र धर्मराज खतिवडा रहेका छन् ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबिच कात्तिक १९ गते एकता हुने भएपछि त्यसको एकदिन अगाडिनै नेता जनार्दन शर्मा, राम कार्की लगायत नेताहरूले अभियान घोषणा गरेका थिए ।

बुधबार मात्र माओवादीका पूर्व केन्द्रीय सदस्यहरू लक्ष्मण पन्त, ओम शर्मा लगायत १० जनाले विज्ञप्ति जारी गरी प्रगतिशील राष्ट्रिय अभियानमा जोडिएको घोषणा गरेका थिए ।

Image Source: © https://mulpatra.com