Close

Recent Posts

बैंकिङ प्रणालीमा ११ खर्बमाथि लगानीयोग्य पैसा थुप्रियो, त्रासमा बैंक

बैंकिङ प्रणालीमा ११ खर्बमाथि लगानीयोग्य पैसा थुप्रियो, त्रासमा बैंक
  • २९ कार्तिक २०८२, शुक्रबार ००:०५

काठमाडौं– बैंकिङ प्रणालीमा ११ खर्बमाथि लगानीयोग्य पुँजी (तरलता) छ । यसले बैंकहरूको पर्फर्मेन्स (वित्तीय रिपोर्ट) प्रभावित त भइरहेकै छ भने अर्कोतर्फ प्राप्त पुँजीलाई उत्पादनमा लगाउन नसक्दा यसले आर्थिक वृद्धिमा समेत ठूलो समस्या निम्त्याइरहेको छ ।

mulpatra

पछिल्लोपटक देशमा जेन–जी विद्रोहका नाममा जुन विध्वंस मच्चिन पुग्यो, यसले झन् लगानीको वातावरण बिथोलिने र आर्थिक विकासमा चुनौती दिने पक्का भएको छ । उसो त आजै मात्र विश्व बैंकले नेपाल डेभलपमेन्ट अपडेट प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर घटेर २.१ प्रतिशतमा सीमित हुने चेतावनी दिएको छ ।

सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४.६ प्रतिशत रहने प्रक्षेपण गरेको विश्व बैंकले जेन–जी विद्रोह र यसपछिको राजनीतिक संक्रमणका कारण नेपालको आर्थिक वृद्धिदर तीव्र गतिमा झर्ने घोषणा गरेको हो । तथापि, सन् २०२७ मा भने यस्तो आर्थिक वृद्धिदर ४.७ प्रतिशतसम्म पुग्ने बैंकको अनुमान छ । खासगरी जेन–जी विद्रोहले पारको विध्वंसको पुनर्निर्माण, आर्थिक गतिविधिको चलायमानले आर्थिक वृद्धिमा सहयोग पुग्ने बैंकको तथ्यांकमा छ ।

mulpatra mulpatra mulpatra

नेपाल उद्योग वाणिज्य महासंघले गत शनिबार राजधानीमा आयोजना गरेको बृहत् ‘राष्ट्रिय आर्थिक बहस, ०।२’ कार्यक्रममा अध्यक्ष ढकालले विषम परिस्थितिमा राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन जारी गर्नु गल्ती भएको तर्क गरे । यता निजी व्यावसायिक क्षेत्रले बैंकमा पैसा थुप्रिरहनु तर लगानीको वातावरण नहुनुको पछाडि चालु पुँजी कर्जा मार्गदर्शननै मुख्य कारण रहेको आरोप लगाएको छ ।