कृषिका नाममा कर्जा लिएर विदेश जान खर्च गरिदै

कृषिका नाममा कर्जा लिएर विदेश जान खर्च गरिदै
  • २९ कार्तिक २०८२, शुक्रबार २०:२०

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कृषि कर्जाको नाममा सहुलियतपूर्ण कर्जाको दुरुपयोग भइरहेको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

mulpatra

शुक्रबार राजधानीमा आयोजित बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को छैटौँ वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै कृषि लोनको नाममा विदेश जान पैसा गइरहेको छ कि, माटो खेलाउँछु भनेर कागजी कर्जा मात्रै गइरहेको छ, त्यो खोज्नुपर्ने बेला भएको बताए ।

उनले पछिल्लो समय बैंकिङ क्षेत्रको मुख्य चुनौती खराब कर्जा (एनपीएल) र एसएमई लोन नै रहेको बताउँदै गभर्नर पौडेलले यसलाई सुधार्न आवश्यक रहेको बताए ।

‘देशको अर्थतन्त्र बलियो बनाउँछ भन्ने उद्देश्यले केन्द्रीय बैंकले एसएमई लोनको अवधारणा ल्याएको हो । तर, अनुकूल नतिजा आउन सकिरहेको छैन,’ गभर्नर पौडेलले भने ।

सोही अवसरमा गभर्नर पौडेलले कालो सूचीको अर्को समस्या रहेको बताउँदै १९ लाख मात्रै लोन अकाउन्ट रहेको अवस्थामा कति जनालाई अपराधीकरण गर्ने हो ? डर पैदा भएको उनले बताए । उनले तत्काल कालो सूचीमा राख्ने व्यवस्थामा केही पुनरावलोकन गर्न जरुरी रहेको तर्क गरे ।