Close

Recent Posts

लोन लस प्रोभिजनको हालको अवस्थामा परिवर्तन गर्न सकिने गभर्नरको भनाइ

लोन लस प्रोभिजनको हालको अवस्थामा परिवर्तन गर्न सकिने गभर्नरको भनाइ
  • २९ कार्तिक २०८२, शुक्रबार १५:२४

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कालो सूचिमा परेका व्यबसायीहरुका समस्या समाधान गर्ने उपायको खोजि भइरहेको बताएका छन् ।

mulpatra

उनले उद्यमी र व्यबसायीले लगानी गर्ने वातावरण कम्जोर भएको उल्लेख गर्दै जेन्जी आन्दोलन मात्रै यसको कारण नभएको उल्लेख गरे । शुक्रबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको कार्यक्रममा बोल्दै उनले सबैतिरबाट कडाइ गरेर मौ उद्यमशीलताको विकास हुन नसक्ने भन्दै बैंक वित्तीय संस्थाको स्थिति सुधार हुनका लागि पनि व्यबसायीको अबस्थामा सूधार हुन जरुरी रहेको बताए ।

गभर्नर पौडेलले लोन लस प्रोभिजनको हालको अबस्थामा परिवर्तन गर्ने संकेत गर्दै अन्तर्राष्ट्रिय अभ्यासलाई मध्यनजर गर्दै आगामी रणनीति तयार गर्ने बताए । उनले सानो सानो रिटेलका कामहरू पनि राष्ट्र बैंकले गर्दै आइरहेको उल्लेख गर्दै ती कामहरु बैंक तथा वित्तीय संस्थाबाटै गर्ने व्यवस्थाको तयारी भएको पनि बताए ।

mulpatra mulpatra mulpatra

अहिलेको पुस्ता डिजिटलाइजेशनमा अत्याधिक रहेको हुँदा लगानीका क्षेत्र पनि त्यसतर्फ उन्मुख भएकोमा जोड दिए । व्यबसायीक वातावरण तयार गर्न र त्यसमा सहजिकरण गर्न आफू तत्पर रहेको उनको भनाई छ ।