सुनुवाई सुरु हुँदै मधेश प्रदेश मुख्य मन्त्रीविरुद्धको रिट

सुनुवाई सुरु हुँदै मधेश प्रदेश मुख्य मन्त्रीविरुद्धको रिट
  • १ मंसिर २०८२, आईतवार १२:०१

काठमाडौँ । होटलमा नियुक्ती र सपथ खाएर विवादमा आएका मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति प्रक्रियाविरुद्ध आज पेशी चढेको छ । प्रदेशका ७४ जना सांसदहरूले मुख्यमन्त्री नियुक्ति विरुद्ध रिट दायर गरेका थिए ।

mulpatra

प्रदेश प्रमुख सुमित्रा भण्डारीले बर्दिबासस्थित एक होटलमा यादवलाई मुख्यमन्त्री नियुक्त गरेर शपथ खुवाएकी थिइन् । त्यसपछि सुशिला कार्की नेतृत्वको सरकारले भण्डारीलाई प्रदेश प्रमुखबाट बर्खास्त गरिसकेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा आज रिटमाथि सुनुवाई हुन लागेको छ ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको भनी जिकिर गरिए पनि सो विरुद्ध मधेस प्रदेशका ७४ सांसदहरूले अन्तरिम आदेशको माग गरेका थिए । लगत्तै अदालतले नीतिगत निर्णय नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम अन्तरिम आदेश समेत जारी गरेको थियो ।