Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

सुनुवाई सुरु हुँदै मधेश प्रदेश मुख्य मन्त्रीविरुद्धको रिट

सुनुवाई सुरु हुँदै मधेश प्रदेश मुख्य मन्त्रीविरुद्धको रिट
  • १ मंसिर २०८२, आईतवार १२:०१

काठमाडौँ । होटलमा नियुक्ती र सपथ खाएर विवादमा आएका मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति प्रक्रियाविरुद्ध आज पेशी चढेको छ । प्रदेशका ७४ जना सांसदहरूले मुख्यमन्त्री नियुक्ति विरुद्ध रिट दायर गरेका थिए ।

mulpatra

प्रदेश प्रमुख सुमित्रा भण्डारीले बर्दिबासस्थित एक होटलमा यादवलाई मुख्यमन्त्री नियुक्त गरेर शपथ खुवाएकी थिइन् । त्यसपछि सुशिला कार्की नेतृत्वको सरकारले भण्डारीलाई प्रदेश प्रमुखबाट बर्खास्त गरिसकेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा आज रिटमाथि सुनुवाई हुन लागेको छ ।

mulpatra mulpatra mulpatra

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको भनी जिकिर गरिए पनि सो विरुद्ध मधेस प्रदेशका ७४ सांसदहरूले अन्तरिम आदेशको माग गरेका थिए । लगत्तै अदालतले नीतिगत निर्णय नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम अन्तरिम आदेश समेत जारी गरेको थियो ।