Close

Recent Posts

प्रथम अधिवेशनसँगै युवा शक्ति कुवेतमा नयाँ नेतृत्वः अध्यक्षमा विशाल डल्लाकोटी

प्रथम अधिवेशनसँगै युवा शक्ति कुवेतमा नयाँ नेतृत्वः अध्यक्षमा विशाल डल्लाकोटी
  • १ मंसिर २०८२, आईतवार १७:५६

कुवेत —“सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ”भन्ने मूल नाराका साथ युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।अधिवेशन युवा शक्ति कुवेतका अध्यक्ष महेस लामाको सभापतित्वमा सम्पन्न भएको थियो।

mulpatra

कार्यक्रममा नेपाली दूतावास कुवेतका द्वितीय सचिव शिव बानियाँ प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने भातृ–संगठनका प्रतिनिधिहरू विशेष अतिथि तथा मिडियाकर्मी तथा संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

संघ–संस्थाहरूको उपस्थिति भने अपेक्षाकृत न्यून देखिएको आयोजकको भनाइ छ।कार्यक्रमको उद्घाटन राष्ट्रिय गान दिप प्रज्वलन र केक काटेर कार्यक्रमको उद्घाटन गरिएको थियो। भने कार्यक्रमको सञ्चालन हरी बानियाँले गरेका थिए।

mulpatra mulpatra mulpatra

स्वागत मन्तव्य युवा शक्ति कुवेतका सचिव मदन चम्लागाईले दिएका थिए। शोमा श्रेष्ठ ,मोती तामाङ पूजा तामाङ पुनम राई शोभा श्रेष्ठ टेरिसा तामाङ रुबी यादव थियो। त्यस्तै अर्को उत्कृष्ट नाच सुष्मा नेपाल भण्डारी र पूजा तामाङको थियोे। कार्यक्रममा बिभिन्न सांस्कृतिक प्रस्तुति पनि थियो। कार्यक्रममा बिभिन्न सांस्कृतिक प्रस्तुति पनि थियो।

त्यसपछि संस्थाका सल्लाहकार विजय खत्रीले युवा शक्ति कुवेतको पृष्ठभूमि, उद्देश्य र भावी योजनाबारे विस्तृत प्रस्तुत गरेका थिए। विभिन्न संघ–संस्था तथा भातृसंगठनका प्रमुखहरू समेतले शुभकामना व्यक्त गर्दै संगठनलाई प्रभावकारी बनाउन आवश्यक सुझावहरू पनि दिएका थिए।नेपाली दूतावासका दितिय सचिव शिव बानियाँले विदेशमा रहेका युवाको ऐक्यबद्धता,नेतृत्व क्षमता र सकारात्मक गतिविधिले प्रवासी समुदायलाई सशक्त बनाउन मद्दत गर्ने बताएका थिए।

कार्यक्रम बिहान ११ बजे सुरु गर्ने भनिए पनि करिब २ घण्टा ढिलाई गरी सुरु गरिएको थियो। यद्यपि,कुवेतमा भइरहेका सामान्य कार्यक्रमभन्दा फरक अनुभूति दिने नयाँ “पहिचान” सहित कार्यक्रम सम्पन्न भएको थियोे ।कार्यक्रममा प्रमुख अतिथि विशेष अतिथि र अतिथिहरूलाई फूलको गुच्छाबाट स्वागत गरिएको थियो।

Image Source: © https://mulpatra.com

ताजा फूलमार्फत स्वागत गर्ने नयाँ सांस्कृतिक अभ्यास सुरु गरेको छ।आयोजकका अनुसार, अतिथि सम्मानलाई अझ सभ्य, सरल र आधुनिक ढंगले प्रस्तुत गर्ने उद्देश्यले यो नयाँ विधि अपनाइएको हो।कार्यक्रमका मुख्य प्रायोजकमा अल मुल्ला एक्सचेन्ज र हिमालयन रेस्टुरेन्ट हाउस कुवेत रहेका थियो। कार्यक्रममा उपस्थिति सबैजनालाई खानपिनको व्यवस्थासमेत गरिएको थियो।

नवगठित कार्यसमिति पदाधिकारी
अध्यक्षः विशाल डल्लाकोटी
उपाध्यक्ष (महिला)ः रुबी महर्जन
उपाध्यक्षः मदन चम्लागाई
सचिवः नरेन्त दोङ
सह–सचिवः मेनु गौतम
कोषाध्यक्षः रञ्जित पञ्जियार
सह–कोषाध्यक्षः सुश्मा नेपाल भण्डारी
प्रवक्ताः वासुदेव धमला
युवा संयोजक
अर्जुन दूकुरी
नवराज बी.क
करन राई
सोमलाल तामाङ
महिला संयोजक
माया लामा
विष्णु विश्वकर्मा
सदस्यहरू
१) राम प्रसाद भट्टराई,
२) विकास खत्री
३)कृष्ण खड्का
४) प्रेम मगराती
५)दिपक शाही
६) सुरज थापा
७) कृष्ण चौधरी
८)नविन रोक्का
९) बुहुमान तामाङ
१०) आकाश विश्वकर्मा
(११) सन्तोष परदेशी
(१२) विक्रम बोहोरा