शुरु हुँदै नेपाल प्रिमियर लिग

शुरु हुँदै नेपाल प्रिमियर लिग
  • २ मंसिर २०८२, सोमबार ०८:४२

काठमाडौं । नेपाली क्रिकेटको महाकूम्भ भनेर चिनिने नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि सुरू हुँदैछ। जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाजबिचको प्रतिस्पर्धाबाट अपराह्न ४ बजेदेखि उद्घाटन खेल शुरु हुनेछ ।

mulpatra

भरखरै निर्माण सम्पन्न भएको कीर्तिपुर क्रिकेट मैदानमा आज दर्शकले फ्लड लाइटको आकर्षण पर्ने देख्नेछन् । नेपालमा पहिलो पटक क्रिकेट मैदान व्यवस्थित गर्दै कीर्तिपुर मैदानमा फ्लड लाइट जोडिएको छ । राज्यले महत्वका साथ तयार क्रिकेट मैदानमा यस सिजनमा ८ टोलिले प्रतिस्पर्धा गर्नेछन् । कुल ३२ खेलमा २३ खेल फ्लड लाइटमा हुने भएको छ ।

विराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमान्डु गोर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी आठ टोली मंसिर २७ सम्म भिड्नेछन् ।

mulpatra mulpatra mulpatra

रु. ५ सय टिकट रहेको उद्घाटन खेलको सबै टिकट विक्री भइसकेको क्यानले जनाएको छ । अन्य दिनको समूह चरणको खेलको टिकट मूल्य साधारणतर्फ ५ सय रूपैयाँ र प्रिमियमतर्फ १ हजार रूपैयाँ छ। प्लेअफ र फाइनलको साधारणतर्फ १ हजार र प्रिमियमतर्फ २ हजार रूपैयाँ टिकट रहेको छ।