एनपीएलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दै ६ ओभरमा ५१ रन जोड्यो कर्णाली याक्सले
काठमाडौं । हिजो देखि शुरु नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेल शुरु भएको छ ।

चितवन राइनोज र कर्णाली याक्स बिचको खेल शुरु भएको छ । ११ः४५ बजे देखि शुरु खेलमा चितवनका कप्तान कुशल मल्लले टस जितेर फिल्डिङ रोजेका थिए ।
ब्याटिङमा उत्रिएको कर्णालीले गएको लिग चरणमा चितवनविरुद्ध पाँच विकेटको जित निकालेको थियो । उता प्रतियोगिताको पहिलो संस्करणमा चितवनलाई कर्णालीले नै इलिमिनेटरमा २१ रनले हराएको थियो ।
फ्लडलाई समेत जडान भएको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बेलुकी ४ बजे देखि हुने खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्नेछन् ।
एक करोड दश लाख रुपैया पुरस्कार राशी भएको एनपीएल को उपाधी जित्न हतारमा रहेका क्वलहरुले ८ वटासँग प्रतिस्पर्धा गर्नुपर्ने छ । हिजो भएको उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई हराउँदै काठमाडौं गोर्खाजले दुई अंक जोडेको छ ।
