Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

अन्तरिम सरकार जनक्रान्तिबाट नभई आगजनी,तोडफोड र लुटपाटको भएको ओलीको आरोप

अन्तरिम सरकार जनक्रान्तिबाट नभई आगजनी,तोडफोड र लुटपाटको भएको ओलीको आरोप
  • ३ मंसिर २०८२, मंगलवार १६:१८

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले भदौ २३ र २४ गतेको घटना डिप स्टेटको योजनाबद्ध हमला भन्दै अहिलेको सरकार त्यहि षडयन्त्रबाट आएको आरोप लगाएका छन् ।

mulpatra

विघटित प्रतिनिधि सभाका एमाले सांसदहरुको बैठकलाई सम्बोधन गर्दै ओलीले रियल जेनजीहरु त्यसदिन माइतीघरदेखि एभरेष्ट होटलसम्म आएर फर्किएको बताए । उनले फेक जेनजीहरुले भदौ २४ को विध्वंशको योजनाबमोजिम संसद भवनमा आगो लगाउँन खोज्दा प्रहरीले बाध्यात्मक अवस्थामा गोली चलाएको दावी गरे ।

ओलीले अन्तरिम सरकार जनक्रान्तिबाट नभई आगजनी,तोडफोड र लुटपाटबाट आएको दावी समेत गरेका छन् । ओलीले नेपो बेबीका नाममा बाल मनोविज्ञानमा आतंक मच्चाएर थालिएको अभियाने योजनाबद्ध रहेको बताए । उनले प्रधानमन्त्री सुशीला कार्की आफैं जेनजी आन्दोलनमा उत्रिएर बिध्वंशको योजना बनाएको आरोप समेत लगाए ।

mulpatra mulpatra mulpatra

ओलीले पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेको एउटा अभिव्यक्तिप्रति पनि आपत्ति जनाएका छन्। उनले पाण्डेका अभिव्यक्ति पार्टीविरोधी रहेको समेत बताए ।

उपाध्यक्ष पाण्डेले भनेका थिए, ‘भदौ २३ गते १९ जना मान्छे मार्ने गरी गोली चलाइयो, त्यो कुरा गलत हो। त्यो जसले गरेको पनि, एमाले सरकारले गरेको पनि सरकार दोषी हुन्छ। धरहरा कसले बनाएको, मैले बनाएको भन्ने, गोली कसले चलायो, त्यो त थाहा छैन, त्यसो भन्न मिल्दैन।’

उनले त्यो अभिव्यक्तिलाई लक्षित गर्दै पार्टीविरुद्धको हमला भएको बताए ।

Image Source: © https://mulpatra.com

ओलीले पाण्डेलाई सङ्केत गर्दै भने, ‘अहिले पनि हामीले सुनिरहेका छौँ, कतिपय मान्छेहरू धरहरा मैले बनाएँ भन्ने गोली कसले चलायो भन्ने थाहा पाइन भन्न मिल्छ ? भन्छन्, जिम्मा लिनुपर्छ भनेर बोलिरहेका छन्। यो हाम्रो पार्टीविरुद्धको स्पष्ट हमला हो। हाम्रो लिडरसिपविरुद्धको स्पष्ट हमला हो। जिम्मा लिनुपर्छ रे, जिम्मा लिनुपर्छ भन्या के?’

ओलीले प्रतिनिधि सभा विघटन कुनै पनि हिसाबले संवैधानिक नरहेकाले त्यसको पुनस्र्थापनाको विकल्प नरहेको बताए । उनले देशविरुद्धको षडयन्त्रविरुद्ध बोल्न नसक्ने राजनीतिक पार्टीको औचित्य नरहने प्रष्ट पारे । राष्ट्रिय सम्पत्ति र जनप्रतिनिधिका संस्थामा आगो लगाएर गरिने आन्दोलन क्रान्ति नहुने ओलीले बताए ।