देशाई र टमाटाको प्रशिक्षणको काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै

देशाई र टमाटाको प्रशिक्षणको काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै
  • ४ मंसिर २०८२, बुधबार ०७:२९

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेश्रो दिन आज एक खेल हुने भएको छ जसमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै छन्।

mulpatra

फ्लड लाइटको मजा लिईरहेका दर्शकका लागि आज पनि त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजे हुनेछ । उद्घाटन खेल खेलीसकेको काठमाडौंसँग भिड्दै गरेको सुदुरपश्चिमको टोलीको पहिलो खेल भएकोले प्रेसरमा हुने देखिएको छ ।

उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई काठमाडौंले ५ विकेटले हराएको थियो । काठमाडौं टिमको नेतृत्व करण केसीले सम्हालेका छन् भने सुदुरपश्चिमको नेतृत्व दीपेन्द्र सिंह ऐरीले गरेका छन् ।

यी दुई टिम लिग चरणमा भिड्दा भने सुदुरपश्चिमले काठमाडौंलाई ७३ रनले हराएको थियो । यी दुई टिमको प्रतिस्पर्धा खेलाडीको मात्र नभएर प्रशिक्षक मन्टी देशाई र जगत टमाटाको समेत रहेको छ । काठमाडौंको प्रशिक्षक मन्टी छन भने सुदुरपश्चिमको जगत रहेका छन् ।