नेपाल वायुसेवा निगमको कार्यवाहक महाप्रबन्धकको जिम्मा अमृतमान श्रेष्ठलाई
काठमाडौं । नेपाल वायुसेवा निगमको अत्यावश्यक कार्य गर्नका लागि कार्यवाहक महाप्रबन्धकको जिम्मा अमृतमान श्रेष्ठलाई दिइएको छ ।

निगममा महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न प्रक्रियामा रहेको र निगमका केही अत्यावश्यक काम तत्काल निर्णय लिनुपर्ने भएकाले मन्त्रिपरिषद्ले सञ्चालक समितिका सदस्य अमृतमान श्रेष्ठलाई कार्यवाहक महाप्रबन्धकमा नियुक्त गरेको मन्त्री कुलमान घिसिङले जानकारी दिएका छन् ।
खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्न समिति गठन गरिएको छ । समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरि मैनाली सहित क्याप्टेन केबी लिम्बू विज्ञसदस्य र मन्त्रालयकै योजना तथा प्रशासन महाशाखा प्रमुख सदस्यसचिव छन् ।
श्रेष्ठ यस अघि निगमको सञ्चालक समिति सदस्य समेत रहेका थिए । उनी निगममै कार्यरत रही अवकाश प्राप्त कर्मचारी पनि हुन् ।
