Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

सिमरामा कर्फ्यू लागेपछि एमालेको जनप्रदर्शन स्थगित

सिमरामा कर्फ्यू लागेपछि एमालेको जनप्रदर्शन स्थगित
  • ४ मंसिर २०८२, बुधबार १४:१०

बारा । बारा जिल्ला प्रशासनले कर्फ्यू आदेश जारी गरे पछि एमाले युवाहरुले गर्ने जनप्रदर्शन स्थगित भएको छ । उक्त भेलालाई सम्बोधन गर्न पार्टी महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत जाने तय भएको थियो ।
उनीहरु सिमरा नपुग्दै नेताका स्वागतमा पुगेका एमाले कार्यकर्ताहरुसँग भनाभन भएपछि सिमरामा तनाव भएको थियो ।

mulpatra

त्यही क्रममा नेकपा एमाले नेता महेश बस्नेतको विरोध गर्न सिमरा विमानस्थलमा भेला भएका जेनजी र प्रहरीबिच झडप भएको छ ।

सिमराका जेनजी समूहका युवाहरूले सिमरा विमानस्थल घेराउ गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

mulpatra mulpatra mulpatra

प्रहरीको कारवाही पछि स्थानीय जेनजी युवाहरु तोडफोडमा उत्रेका कारण स्थिति विग्रन नदिन प्रशासनले कफ्यु आदेश जारी गरेको छ ।

एमालेको कार्यक्रमका लागि मधेशका ८ वटै जिल्लाबाट युवाहरु भेला हुँदै थिए ।