Close

Recent Posts

सिमरामा कर्फ्यू लागेपछि एमालेको जनप्रदर्शन स्थगित

सिमरामा कर्फ्यू लागेपछि एमालेको जनप्रदर्शन स्थगित
  • ४ मंसिर २०८२, बुधबार १४:१०

बारा । बारा जिल्ला प्रशासनले कर्फ्यू आदेश जारी गरे पछि एमाले युवाहरुले गर्ने जनप्रदर्शन स्थगित भएको छ । उक्त भेलालाई सम्बोधन गर्न पार्टी महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत जाने तय भएको थियो ।
उनीहरु सिमरा नपुग्दै नेताका स्वागतमा पुगेका एमाले कार्यकर्ताहरुसँग भनाभन भएपछि सिमरामा तनाव भएको थियो ।

mulpatra

त्यही क्रममा नेकपा एमाले नेता महेश बस्नेतको विरोध गर्न सिमरा विमानस्थलमा भेला भएका जेनजी र प्रहरीबिच झडप भएको छ ।

सिमराका जेनजी समूहका युवाहरूले सिमरा विमानस्थल घेराउ गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

प्रहरीको कारवाही पछि स्थानीय जेनजी युवाहरु तोडफोडमा उत्रेका कारण स्थिति विग्रन नदिन प्रशासनले कफ्यु आदेश जारी गरेको छ ।

एमालेको कार्यक्रमका लागि मधेशका ८ वटै जिल्लाबाट युवाहरु भेला हुँदै थिए ।