टस जितेर खेल हार्यो काठमाडौंले
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा अन्र्तगत टियु क्रिकेट रंगशालामा भएको आजको खेलमा २९ रनले सुदुरपश्चिम विजयी भएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले काठमान्डू गुर्खाजलाई १४८ रनको लक्ष्य दिएको थियो । सबै विकेट गुमाउँदा सुदुरपश्चिमले १४७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि हर्मित सिंहले महत्वपूर्ण ५३ रन बनाएका थिए ।
यता जनकपुर बोल्ट्सलाई पराजित गरेको काठमाडौं गोर्खाजले आजको खेलमा टस जिते पनि खेल जित्न सकेन । सुदूरपश्चिमले दिएको १४७ रनको लक्ष्य भेट्टाउन सकेन । काठमान्डु १६.५ ओभरमा सबै विकेट गुमाएर ११८ रनमा अलआउट भएपछि सुदुरपश्चिमले सहज जित निकालेको छ ।
काठमाडौंको खेलमा ओपनर आकाश त्रिपाठीले ३४ रन बनाए भने जोन सिम्पसनले २४ रन जोडे । अन्यको प्रदर्शन फितलो भएपछि खेलमा पनि फितलो देखिएको थियो काठमाडौं ।
