लर्ड बुद्ध मनि एक्सचेञ्ज र स्तुपा मनीचेञ्जर प्रालिको लाइसेन्स खारेज

लर्ड बुद्ध मनि एक्सचेञ्ज र स्तुपा मनीचेञ्जर प्रालिको लाइसेन्स खारेज
  • ८ मंसिर २०८२, आईतवार १७:४३

काठमाडौं– नेपाल राष्ट्र बैंकले लर्ड बुद्ध मनि एक्सचेञ्ज र स्तुपा मनीचेञ्जर प्रालिको लाइसेन्स खारेज गरेको छ ।

mulpatra

राष्ट्र बैंकले मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ को चौथो संशोधनसहित विनियम १९ को उपविनियम ३ अनुसार तोकिएको समयमा नवीकरण नगरेका कारण इजाजतपत्र रद्द गरेको जनाएको छ ।

राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना जारी गर्दै उक्त कुरा बताएको हो ।