दुई खेल हुँदैछ आज नेपाल प्रिमियर लिग (एनपिएल)मा
काठमाडौं । त्रिवि क्रिकेट रंगशाला कीर्तिपुरमा नेपाल प्रिमियर लिग (एनपिएल) अन्र्तगत आज दुई खेल हुँदैछ । ११ः४५ मा पहिलो खेल हुनेछ भने दोस्रो खेल साँझ ४ बजे हुनेछ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्स र अनिल शाहको कप्तानी रहेको जनकपुर बोल्ट्स पहिलो खेलमा भिड्दैछन् ।
जनकपुरले आजसम्म दोश्रो खेल खेल्दैछ भने लगातार दुई जीत निकालेको विराटनगरले तेश्रो ।
दोश्रो खेलमा सोमपाल कामीको कप्तानी रहेको कर्णाली याक्स र दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।
दुवै टीमका लागि यो तेस्रो खेल हुनेछ।
