सरकारसँग भएका ९ बुँदे सहमति कार्यान्वयन गर्न शिक्षक महासंघको माग
काठमाडौं– नेपाल शिक्षक महासंघले केपी ओली नेतृत्वको सरकारसँग विगतमा भएको ९ बुँदे सहमति कार्यान्वयन गर्न शिक्षामन्त्रीसँग माग गरेको छ ।

मंगलबार शिक्षामन्त्री महावीर पुनलाई भेटेर सरकारसँग विगतमा भएका सहमती कार्यान्वयसहितका विभिन्न माग गरिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
‘हामीले शिक्षक सरुवा निर्देशिकाको खारेजी, गएको वैशाख १७ गते मन्त्रिपरिषद् बैठकले गरेका नौबुँदे निर्णयको कार्यान्वयन, स्थानीय भत्ताको उपलब्धता, शिक्षकहरूको रोकिएको तलब तुरुन्तै निकासा गर्नुपर्ने लगायका माग गरेको उनले जानकारी दिए ।
![]() |
![]() |
![]() |
|---|
गत चैत–वैशाखमा देशभरका शिक्षकले काठमाडौँमा लामो सयमसम्म आन्दोलन गरेपछि तत्कालीन शिक्षामन्त्री रघुजी पन्तसँग ९ बुँदे सहमति भएको थियो। जसमा असार महिनाभित्रै शिक्षा ऐन जारी गर्ने लगायतका बुँदाहरू समावेश थिए।



