Close

Recent Posts

अध्ययन भिसामा नेपाल आएर नपढ्नेमाथि अध्यागमनको विशेष निगरानी

अध्ययन भिसामा नेपाल आएर नपढ्नेमाथि अध्यागमनको विशेष निगरानी
  • ११ मंसिर २०८२, बुधबार १२:४७

काठमाडौं– गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले विदेशी नागरिक पढाउने शैक्षिक संस्थाहरूलाई जथाभावी अध्ययन भिसा सिफारिस नगर्न निर्देशन दिएको छ।

mulpatra

विभागले बुधबार (मंसिर १० गते) सूचना जारी गरी कतिपय शैक्षिक संस्थाले अध्ययनमा नियमित संलग्न नहुने जानकारी हुँदाहुँदै पनि आम्दानीका लागि मात्र विदेशी विद्यार्थी भर्ना गर्ने गरेको, लामो अवधि नेपाल बस्न वैकल्पिक उपायका रूपमा अध्ययन भिसा लिन चाहने र कानुनले बर्जित गरेका क्रियाकलापमा संलग्न विदेशीहरूलाई समेत अध्ययन भिसा सिफारिस गर्ने गरेको पाइएकाले त्यसो नगर्न भनेको हो।

सूचनामा अगाडि भनिएको छ, ‘तसर्थ भिसा तथा आम्दानी प्रयोजनका लागि मात्र आफ्नो शैक्षिक संस्थामा विदेशी विद्यार्थी भर्ना नगर्न, आफ्नो संस्थामा अध्ययनरत विद्यार्थीहरू नियमित रूपमा पठनपाठनमा संलग्न भए÷नभएको यकिन गरी मात्र भिसा सिफारिस गर्न र पठनपाठनभन्दा बाहेक अन्य शंकास्पद गतिविधिमा संलग्न भएको जानकारीमा आएमा तत्काल अध्यागमन विभाग वा स्थानीय प्रशासनलाई सूचना दिन अध्यागमन विभाग सबै शैक्षिक संस्थाहरूलाई अनुरोध गर्दछ।’

mulpatra mulpatra mulpatra

यसै सन्दर्भमा विदेशी नागरिकहरूलाई अध्ययन गराउने सबै शैक्षिक संस्थाहरूको नियमित अनुगमन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विदेशी नागरिकहरूको गतिविधिको अनुगमन गर्न ७७ वटै जिल्लाका जिल्ला अनुगमन समितिलाई समेत भनिएको अध्यागमन विभागले जनाएको छ।

सूचनामा अगाडि भनिएको छ, ‘अध्ययन भिसाको उद्देश्यविपरीत कुनै विदेशी नागरिक गैरकानुनी क्रियाकलापमा संलग्न रहेको भेटिएमा स्थानीय प्रशासन वा यस विभागमा जानकारी गराइदिनुहुन समेत सम्बद्ध सबैमा हार्दिक अनुरोध गरिन्छ।’