Close

Recent Posts

बैंकहरुको कुल सम्पति ८० खर्ब नाघ्यो

बैंकहरुको कुल सम्पति ८० खर्ब नाघ्यो
  • १२ मंसिर २०८२, बिहीबार ०९:२९

काठमाडौं– हाल वाणिज्य बैंकहरुको कुल सम्पत्ति ८० खर्ब नाघेको देखिन्छ । हाल संचालनमा रहेका २० वटै बैंकहरुले उपलब्ध गराएको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

mulpatra

एक वर्षको अवधिमा नै बैंकहरुमा ८ खर्ब ८० अर्ब ५२ करोड ७२ लाख रुपैयाँ सम्पत्ति थपिएको छ । जबकि, गत आवको पहिलो त्रैमासमा आइपुग्दा ती बैंकहरुसँग ७१ खर्ब २७ अर्ब ६९ करोड ३२ लाख रुपैयाँ बराबरको सम्पत्ति थियो । पछिल्लो एक वर्षमै झन्डै ९ खर्ब रुपैयाँ बराबरको सम्पत्ति थपिएको छ ।

हाल बैंकहरुसँग कुल ८० खर्ब ८ अर्ब २२ करोड ४ लाख रुपैयाँ बराबरको सम्पत्ति छ । यो गत आवको सोही अवधिको तुलनामा १२.३५ प्रतिशत बढी हो । हाल बैंकसँग ७ खर्ब २९ अर्ब ६२ करोड ८५ लाख रुपैयाँ बराबरको सम्पत्ति छ । यो गत आवको तुलनामा १६.३२ प्रतिशत धेरै हो ।

mulpatra mulpatra mulpatra

धनी बैंकको दोस्रो सूचीमा भने नबिल छ । नबिल बैंकको सम्पत्ति पनि १५.६३ प्रतिशत बढेर ६ खर्ब ७५ अर्ब ५२ करोड ३५ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा दुई वटा बाहेक सबै बैंकको सम्पत्ति वृद्धि भएको छ । सम्पत्तिको आधारमा पहिलो सूचीमा ग्लोबल आइएमई छ ।

तेस्रो सूचीमा रहेको राष्ट्रिय वाणिज्य बैंकसँग पनि ६ खर्ब १० अर्ब ६५ करोड १ लाख रुपैयाँ बराबरको सम्पत्ति छ ।
समिक्षा अवधिमा हिमालयन बैंकको सम्पत्तिको आकार २.०१ प्रतिशत र कुमारीको ०.४२ प्रतिशत घटेको देखिन्छ । यी बाहेक सबै बैंकको सम्पत्तिमा बढोत्तरी आएको छ ।

सम्पत्तिकै आधारमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक चौंथो सूचीमा छ । बैंकसँग ५ खर्ब ८३ अर्ब ७५ करोड ८५ लाख रुपैयाँ बराबरको सम्पत्ति देखिन्छ । यता, छैटौं सूचीमा रहेको लक्ष्मी सनराइजसँग पनि ४ खर्ब ५१ अर्ब ७२ करोड ४ लाख रुपैयाँ बराबरको सम्पत्ति छ ।

Image Source: © https://mulpatra.com

कुन बैंकसँग कति सम्पत्ति छ ? (रकम हजारमा)