Close

Recent Posts

वायुसेवा निगमको नेतृत्वका लागि १६ दाबेदार, छनोट प्रक्रिया आइतबारदेखि सुरु

वायुसेवा निगमको नेतृत्वका लागि १६ दाबेदार, छनोट प्रक्रिया आइतबारदेखि सुरु
  • १३ मंसिर २०८२, शुक्रबार ११:५२

काठमाडौं– नेपाल वायुसेवा निगम (नेवानि) को रिक्त महाप्रबन्धक पदका लागि १६ जनाले आवेदन दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १५ दिने सूचना जारी गरी २७ कात्तिकदेखि आवेदन माग गरेको थियो । बिहीबार कार्यालय समयसम्म परेको आवेदन संख्या मन्त्रालयले सार्वजनिक गरेको हो ।

mulpatra

मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यका अनुसार अब छानोट प्रक्रिया ‘नेवानि महाप्रबन्धक छनोट कार्यविधि–२०८२’ अनुसार अघि बढ्नेछ । सिलबन्दी दरखास्त आइतबारदेखि खोल्ने तयारी छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व कर्मचारीदेखि नेवानिका निर्देशकसमेत, हवाई क्षेत्रका विज्ञ, इन्जिनियर र नयाँ अनुहारसमेत प्रतिस्पर्धामा उत्रिएका छन् ।

निगमका लागि महाप्रबन्धक सिफारिस गर्ने जिम्मेवारी सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठन गरिएको छानोट समितिले पाउनेछ ।

mulpatra mulpatra mulpatra

समिति अब योग्यता पुगेका उम्मेदवारको सर्टलिस्ट बनाइ कार्यपत्र प्रस्तुति र अन्तर्वार्तासहितको मूल्यांकन प्रक्रिया अघि बढाउने मन्त्रालयले जनाएको छ । त्यसपछि उपयुक्त ठहरिएका तीन जनालाई मन्त्रालयमा सिफारिस गरिने र तीमध्ये एक जनालाई आगामी चार वर्षका लागि महाप्रबन्धक नियुक्त गरिनेछ ।