Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

बिलाउन होइन, मिलाउन आएको भन्दै रञ्जु दर्शनाले बजाइन घण्टी

बिलाउन होइन, मिलाउन आएको भन्दै रञ्जु दर्शनाले बजाइन घण्टी
  • १५ मंसिर २०८२, आईतवार १७:२१

काठमाडौं– रास्वपामा प्रवेश गरेकी विवेकशील साझा पार्टीकी महासचिव रञ्जु दर्शनाले आफूहरू बिलाउन नभएर मिलाउन आएको बताएकी छन् । आज एकता घोषणा कार्यक्रममा बोल्दै उनले रास्वपामा आएर भाँडभैलो नगर्ने प्रतिबद्धता जनाइन् ।

mulpatra

आफूहरूले टुटफुटबाट ठूलो पाठ सिकेर आएको दर्शनाको भनाइ छ । अबको राजनीति टुटेर होइन जुटेर हुनुपर्ने उनले बताइन् । आउँदो निर्वाचनबाट रास्वपाले बहुमत ल्याउनै पर्ने भन्दै उनले त्यसपछि मात्रै देशले आर्थिक उन्नतिको बाटो समात्ने दाबी गरिन् ।

उनको अभिव्यक्तिका प्रमुख अंशः

mulpatra mulpatra mulpatra

यिनीहरूले रास्वपामा आउनेवित्तिकै भाँडभैलो मच्चाउँछन् कि भनेर कतिपयलाई आशंका छ । हामीले टुटफुटबाट ठूलो पाठ सिकेका छौँ । टुटेर होइन, जुटेर हुन्छ भनेर हामीले सिक्यौँ । त्यसैले अबको राजनीति जुट्ने हुनुपर्छ । अब आउने निर्वाचनबाट यो पार्टीले बहुमत ल्याउनै पर्छ । तब मात्रै हामी एक दशकमा आर्थिक उन्नतिमा पुग्न सक्छौँ । त्यही लोभले पनि मिल्नैपर्छ भन्ने जोड आएकै हो ।

१७ वर्षको उमेरमा राजनीतिमा लागेको म । १२ वर्षपछि यस्तो अवस्था व्यहोर्छुहोला भन्ने कल्पना गरेको थिइनँ । विवेकशील नेपालीको जग बनाउँदै गर्दा त्यही जगमा टेकेर रास्वपाले यति ज्वलन्तरुपमा संसदमा हस्तक्षेपकारी भूमिका खेल्छ भन्ने पनि त लागेको थिएन । रवि लामिछानेले छोटो समयमै देशका सार्प ब्रेनहरूलाई एउटा प्लेटफर्ममा कलेक्ट गरेर संसदमा पठाउनुभयो । त्यो कुरा गर्न ठूला पार्टीसँग धेरै समय थियो नि, उहाँहरूले गर्नुभएन, रास्वपाले ग¥यो । त्यसको प्रशंसा सधैँ गरिरहनेछु ।

हामीले स्वतन्त्र उम्मेदवार पनि धेरै देखेउँ । स्वतन्त्र हुन्छु भन्ने साथीहरूलाई भन्न चाहन्छु, संगठनमै भएर काम गर्नुभयो भने एकताको बल बलियो हुन्छ, आउनुस् मिलेर काम गरौँ । मिलेर गरे मात्रै केही रिजल्ट देखाउन सकिन्छ । म विश्वास दिलाउन चाहन्छु, भाँडभैलो हुँदैन । भाँडभैलो गर्न आएको होइन । टुटफुटबाट राम्रै पाठ सिकिसकेका छौँ ।

Image Source: © https://mulpatra.com

म १७ वर्षको कलिलो उमेरमा राजनीति गरेको, १२ वर्षपछि एउटा सशक्त पार्टीमा आउन पाउँदा निकै हर्षित महसुस भएको छ । यो क्षण निकै भावनात्मकरुपमा भारी क्षण पनि हो । आफैँले बनाएको घर, आफैँले बोकेको तराजु… केही परिवर्तन भएका छन् । तर यो विवेकशील राजनीतिको निरन्तरता हो ।

भोलि अरू कुनै पार्टीले नेपाल बन्द ग¥यो भने हामीले नेपाल खुल्ला छ भनेर ¥याली निकाल्दा रास्वपामा कारबाही हुँदैन होला । हामी एजेन्डालाई मिलाउन अगाडि आएका छौ । पद गौण हो । पदका लागि साथीहरू क्यापेबल हुनुहुन्छ । महाधिवेशन आउँदैछ । महाधिवेशनमा ल्याकत देखाऊँ । अहिलेका लागि चुनाव केन्द्रित होऊँ ।