Close

Recent Posts

कुशल मल्लले छक्का हानेको बलले लागेर चियर लिडर घाइते

कुशल मल्लले छक्का हानेको बलले लागेर चियर लिडर घाइते
  • १७ मंसिर २०८२, मंगलवार १४:५१

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को आजको म्याचका क्रममा एक चियरलिडर घाइते बनेकी छन् । चितवन राइनोजका ब्याटर कुशल मल्ले छक्का प्रहार गरेको बलले लागेर शर्मिला विक घाइते बनेकी हुन् ।

mulpatra

जनकपुर बोल्ट्सविरुद्धको खेलमा रुपेश सिंहले फ्याकेको अन्तिम ओभरको तेस्रो र चौथो बलमा कुशलले लगातार छक्का प्रहार गरेका थिए । चौथो बल बाउन्ड्री बाहिर चियर गरिरहेकी युवतीको नाकमा लाग्यो । उनी त्यहीँ ढलिन् ।

उनको अनुहारमा रगत बग्न थालेपछि स्ट्रेचरमा राखेर निकालिएको छ । उनलाई बयोधा अस्पताल लगिएको छ । उनका आँखा नजिक चोट लागेको तर आँखा खतरामुक्त रहेको चिकित्सकले बताएका छन् । इनिङ ब्रेकपछि कुशलले घाइते भएकी चियरलिडरलाई भेटेका थिए ।