Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

नियुक्तिको विवादमा परेका मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज विश्वासको मत लिँदै

नियुक्तिको विवादमा परेका मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज विश्वासको मत लिँदै
  • १८ मंसिर २०८२, बुधबार ०७:५७

काठमाडौं । नियुक्तिको विवादमा परेका मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सर्वोच्चको आदेश अनुसार आज विश्वासको मत लिँदैछन् ।

mulpatra

सर्वोच्च अदालतले मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टा भित्र विश्वासको मत लिन आदेश दिएको थियो । सो आदेश अनुसार आज विश्वासको मत लिन प्रदेश सभाको बैठक आव्हान गरेका छन् ।

लोसपाबाट नियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले कात्तिक २२ गते सदनमै विश्वासको मत लिने बेला राजीनामा दिएका थिए पछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त गरेकी थिइन ।

mulpatra mulpatra mulpatra

मुख्यमन्त्रीलाई कानुन विपरित र होटलमा सपथ गराएको विवादका कारण सरकारले प्रदेशप्रमुख भण्डारीलाई बर्खास्त गरि नयाँ प्रदेश प्रमुखका रुपमा सुरेन्द्र लाभ कर्णलाई नियुक्त गरेको थियो ।

त्यतिखेरै प्रदेशका ७३ जना सांसदहरूले असंवैधानिक ढंगले यादवको नियुक्ति भएको भनी सर्वोच्चमा रिट दायर गरेका थिए ।

सोही रिट निवेदनमा सोमबार सर्वोच्च अदालतले फैसला गर्दै आज साँझसम्म विश्वासको मत लिन परमादेश दिएको थियो।

Image Source: © https://mulpatra.com

सात दलका ७३ सांसद एकातिर र मुख्यमन्त्री चलाइरहेको एमालेसँग जम्मा २४ सिट मात्र रहेको छ । सोही कारण पनि प्रदेश प्रमुख गुमाएको एमालेले मुख्यमन्त्री समेत गुमाउने खतरा बढेको छ ।