पुर्वको सुसौलीघाटमा नयाँ पर्यटन गन्तव्यको विकास हुँदै, भारतीय पर्यटक लक्षित एड्भेन्चर,नाइट–क्याम्प एउटै आँगनमा
काठमाडौं– सुनसरीको बराह नगरपालिकाको वडा नम्बर २ स्थित सुसौलीघाट अहिले देशकै नयाँ पर्यटन गन्तव्यका रुपमा विकास भइरहेको छ । नेपालका विभिन्न भू–भागमा नयाँ–नयाँ पर्यटन गन्तव्य विकास गर्ने दीर्घ योजनासहित टिमले सुसौलीघाटलाई पहिलो नमूना परियोजना बनाउने तयारी गरेको छ ।

सप्तकोशी नदीको विशालता, बराहक्षेत्रको धार्मिक महत्व र सुसौलीघाटबाट देखिने अद्वितीय सूर्यास्तको सौन्दर्यलाई आधार बनाउँदै ‘ह्यापी ल्याण्ड कम्पनी’ले बहुआयामिक पर्यटन पार्क निर्माण गरेपछि यहाँ पर्यटकको घुइँचो लाग्न सम्भावना समेत कम्पनीले देखेको छ ।
सुसौलीघाटलाई साहासिक खेल मानिने एटिबि बाइक सवारी, सांस्कृतिक प्रस्तुती, नदी–तटीय मनोरञ्जन, नाइट–क्यामिङ र सनसेट–सफारी सबै एकैठाउँमा उपलब्ध हुने ‘एड्भेन्चर–सनसेट पार्क’का रूपमा विकास भएपछि यहाँ पर्यटक मात्र होइन व्यापार र अन्य कुराको आकर्षण विषय हो ।
![]() |
![]() |
![]() |
|---|
परियोजनाको मूल नेतृत्व विदेशमा वर्षौं मेहनत र सीप सिकेर फर्किएका युवाहरूको समूहले सम्हालेको छ। ’विदेशमा जति मेहनत गर्छौँ, त्यो नेपालमै गर्न सके देश समृद्ध बन्न सक्छ,’ परियोजना टिमले जनाएको छ ।
कम्पनीले स्थानीय रोजगारी, स्थानीयको व्यवसाय विस्तार, होमस्टे प्रवद्र्वन तथा मौलिक कला–संस्कृति प्रदर्शनीलाई परियोजनाको मुख्य आधार बनाएको छ। यसका लागि स्थानीय समुदाय, स्थानीय सरकार र निजी क्षेत्रबीच सहकार्यको मोडल तयार गरिएको छ । ’गाउँ–गाउँमा आर्थिक गतिविधि बढाउने, स्थानीयलाई पर्यटन व्यवसाय सिकाउने र प्रदेशको सांस्कृतिक पहिचानलाई उजागर गर्ने मुख्य उद्देश्य हो,’ कम्पनीका प्रवद्र्वक रामसुन्दर बकेले बताए ।
सुसौलीघाटलाई भारतीय तथा आन्तरिक दुबै पर्यटकका लागि प्रमुख आकर्षण बनाउने लक्ष्य राखिएको छ । वार्षिक करिब १५ करोड रुपैयाँको आम्दानी हुने अनुमान गरिएको छ । परियोजनामा आमनागरिक र इच्छुक लगानीकर्तालाई सहभागी गराउने उद्देश्यले प्रति शेयर पाँच लाख रुपैयाँमा लगानीको अवसर खुला गरिएको कम्पनीका प्रवद्र्वक बकेले बताए । उनका अनुसार सबै आर्थिक लेनदेन र सञ्चालन प्रक्रिया पूर्ण पारदर्शिताका साथ अघि बढाइनेछ ।
Image Source: © https://mulpatra.com
कम्पनीले यसलाई गोवाको तटीय आकर्षण, सिंगापुरको सेन्टोसा पार्क, दुबैको डेजर्ट सफारी पार्क जस्तै थिम पार्क तथा भारतको पर्यटकीय स्थल गोवा जस्तै नविन पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।
परियोजना अनुसार यस क्षेत्रमा १०० मिटर उचाइको बन्जी जम्प टावर, सप्तकोशी नदीलाई वारपार गर्ने जिप–लाइन, डेजर्ट सफारी पार्क, टापुमा नाइट–क्याम्प, नदी–तटीय मनोरञ्जन स्थल, साप्ताहिक कन्सर्ट, डिजे हब तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
धार्मिक, प्राकृतिक र सांस्कृतिक तीनै तत्वको संगमस्थल सुसौलीघाटलाई दीर्घकालीन, दिगो र आधुनिक पर्यटन गन्तव्य बनाउने लक्ष्यसहित ‘ह्यापी ल्याण्ड’ परियोजना अहिले स्थानीय, क्षेत्रीय र राष्ट्रिय तहमा चासोको विषय बनेको छ। सरोकारवालाहरूका अनुसार पूर्ण कार्यान्वयन भएपश्चात यो परियोजना नेपालको पर्यटन इतिहासमा महत्वपूर्ण मोड साबित हुन सक्ने देखिन्छ ।
प्रतिक्रियापर्यटनबाट रोजगार सिर्जना, स्थानीय व्यापार विस्तार, सांस्कृतिक पहिचानको पुनर्जीवन र नेपालको भविष्यमा पर्यटनलाई आधार बनाउने उद्देश्य सहित हामी पारदर्शी, उत्तरदायी र दीर्घकालीन दृष्टिकोणसहित अघि बढिरहेका छौँ।
बराहा क्षेत्रको भगवानको आँगनबाट बग्ने सप्तकोशी गंगाको विशाल प्रवाह, सुनौलो साँझमा कोशीको पानीमा बिलाइने सूर्यास्त र हरित तटबन्धको मनमोहक दृश्य यी सबै मिलेर सुसौलीघाटलाई नेपालको सम्भावनायुक्त प्रमुख गन्तव्य बनाउने आधार बनेका छन्।



