ट्रम्प भारतमाथि थप कर लगाउँदै छन्, अमेरिकामा सस्तो चामल पठाएको आरोप

ट्रम्प भारतमाथि थप कर लगाउँदै छन्, अमेरिकामा सस्तो चामल पठाएको आरोप
  • २६ मंसिर २०८२, बिहीबार ०८:२७

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतमाथी थप कर लगाउन चर्चा चलेको छ । सोमबार राति राष्ट्रपति ट्रम्प र अर्थमन्त्री स्कट बेसेंटबीच यसै विषयमा छलफल भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

mulpatra

राष्ट्रपति ट्रम्पले भारतले अमेरिकामा सस्तो चामल पठाएर चामल डम्प गरेको भन्दै यसका लागि अतिरिक्त कर तिराउनु पर्ने बताएका हुन् ।

हाल अमेरिकाले भारमाथि ५० प्रतिशत भन्सार दर लगाएको छ, जसमा रुसबाट तेल किनेको भन्दै २५ प्रतिशत पेनाल्टी महशुल पनि समावेश छ । भारत, भियतनाम र थाइल्याण्डबाट सस्तो चामल लगायत अन्य कृषि उत्पादन आउँदा अमेरिकी बजार जोखिममा परेको अमेरिकी किसानहरुको आरोप छ ।

mulpatra mulpatra mulpatra

छलफलका क्रममा राष्ट्रपति ट्रम्पले अर्थमन्त्रीलाई भने, ‘भारत अमेरिकामा आफ्नो चामल लगातार डम्प गर्दैछ। भरतलाई यस्तो किन गर्न दिइँदैछ ? के भारतलाई यसमा कर छुट छ ? नभए यसको लागी उनीहरुले कर तिर्नुपर्छ।’

यसको उत्तरमा अमेरिकी अर्थमन्त्री स्कट बेसेंटले भने ‘होइन सर! भारतसँग हाम्रो व्यापार वार्ता चलिरहेको छ।’
तर ट्रम्पले भारत यसरी आफ्नो चाम यहाँ पठाउन नसक्ने र यसका लागी अनुमति नदिइने बताए । यस्तै छलफमा ट्रम्पले अमेरिकी किसानहरुको हित कसरी गर्ने भन्ने बिषयमा जोड दिएर भारतिय चामल आयात रोक्नु पर्ने बताए।

यस्तै उनले अन्य देशहरुमा लगाएको भन्सार महशुलबाट प्राप्त हुने रकमबाट १२ अर्ब डलर अमेरिकी किसानलाई मद्दतस्वरुप दिने पनि घोषणा गरे । विकशित यसै घटनाक्रमपछि चामलको बाहानामा भारतमा फेरी नयाँ कर थप हुने अनुमान लगाउन थालिएको हो ।

Image Source: © https://mulpatra.com

भारतमा अमेरिकी कृषि उत्पादनमा औषत ३७.७ प्रतिशत कर लगाइएको छ । तर अमेरिकामा भने भारतिय कृषि उत्पादनहरुमा ५.३ प्रतिशत मात्र कर लगाइएको थियो । तर सत्तामा ट्रम्प आएसँग उनले यस्तो कर बढाएर २५ प्रतिशत पु¥याएका छन् ।

रुसबाट तेल किनेको भन्दै आलोचना खेपिरहेको भारलाई ट्रम्पको यो तेतावानी असहज परिस्थितिमा आएको हो ।
भरत र अमेरिकाबीच लगातार व्यापार वार्ता चलिरहे पनि हालसम्म केहि खास प्रगति भएको छैन । यस्तै यसैसाता अमेरिकी प्रतिनिधी मण्डल भारत आउँदैछ ।