दशकदेखि घरेलु कामदार खुलाउन सर्त राखेर श्रम सम्झौताबाट तार्किदै साउदी
काठमाडौं– साउदी नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव्य देश हो । नेपालले २०७० सालदेखि साउदीसँग श्रम सम्झौताका लागि प्रयास गर्दै आएको छ । तर अहिलेसम्म सकेको छैन । यसका मुख्य कारण्ण भनेको नेपालले घरेलु रोजगारीमा कामदार पठाउन प्रतिबन्ध लगाउनु हो ।

गत वर्ष श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदीका समकक्षी अहमद विन सलेमन विन अब्दुल्लाहजिज अल राजीबीच साउदीको रियादमा भएको द्विपक्षीय बैठकमा श्रम सम्झौताका विषयमा सहमति भएको थियो । त्यतिबेला साउदी अरबिया नेपालसँग श्रम सम्झौताका लागि तयार भएको थियो । तर घरेलु रोजगारीमा महिला कामदारमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने अडान कायमै राख्यो । जसका कारण श्रम सम्झौताको मिति तय भएन ।
२०७० सालयता श्रम सम्झौताका लागि पाँचपटक मस्यौदा आदानप्रदान भए पनि साउदी तर्किँदै आएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरू बताउँछन् । २०७३ सालयता श्रम सम्झौताका लागि साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालय र श्रम मन्त्रालयको प्रविधिक कमिटीबीच सात पटकभन्दा बढी छलफल भइसकेको छ ।
![]() |
![]() |
![]() |
|---|
सरकारले साउदीमा ठूलो संख्यामा कामदार पठाउँदै आए पनि हालसम्म सरकारी स्तरमा श्रम सम्झौता गर्न सकेको छैन । जसका कारण साउदीमा समस्यामा परेका कामदार उद्धार र कानुनी उपचारमा समस्या भइरहेको म्यानपावर व्यवसायीहरु बताउँछन् । श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेका अनुसार साउदीसँग श्रम सम्झौताका लागि प्रविधिक कमिटिले छलफल गरिरहेको छ । साउदीले विगतदेखि नै श्रम सम्झौताका लागि चासो देखाएपछि केही प्रविधिक विषयका कारण सहमति हुन बाँकी रहेको उनदे बताए ।
साउदीसँग २०६५ मा तत्कालीन श्रममन्त्री लेखराज भट्ट र श्रमराज्यमन्त्री मोहम्मद अफ्ताव आलमले श्रम सम्झौताका लागि पहिलो पटक छलफल गरेका थिए । २०६८ मा नेपाली पक्षको मागबमोजिम साउदी अरेबियाले नेपालमा आफ्नो दूतावास खोले पनि श्रम सम्झौताका लागि वास्ता नगरेको श्रम मन्त्रालयका कर्मचारी बताउँछन् ।
साउदीले घरेलु महिला कामदारसँगै २९ क्षेत्रमा नेपाली कामदार लैजाने प्रस्ताव गरेको छ। उनले भने, ‘कृषि श्रमिक, ड्राइभर, सुरक्षागार्ड (नाथुर), कुक, घरेलु कामदार, उद्योगमा मजदुर, ग्रिल उद्योग र सूचना प्रविधिमा नेपाली कामदार लैजान प्रस्ताव गरेको छ । जसमा घरेलु रोजगारीमा महिला कामदार पठाउन नै प्रथामिकतामा राखेको श्रम मन्त्रालयका एक अधिकारी जानकारी दिए । २०७२ सालपछि भने साउदीले घरेलु रोजगारीमा लगाइएको प्रतिबन्ध खुलाउन सर्त राख्दै आएको छ ।
Image Source: © https://mulpatra.com
साउदीसहित अन्य खाडी मुलुकको दबाबका कारण असार २०७२ मा सरकारले २४ वर्ष पुगेका नेपाली महिला वैदेशिक रोजगारीमा जान सक्ने गरी वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका–२०७२ जारी गरेको थियो । सोही वर्ष सरकारले घरेलु रोजगारीमा महिला कामदार पठाउन रोक लगायो। त्यसपछि साउदीले श्रम सम्झौताका लागि बेवास्ता गर्न थालेको साउदीका लागि तत्कालीन नेपाली राजदूत उदयराज पाण्डे बताउँछन् ।
साउदीले नेपालबाट घरेलु कामदारसम्बन्धी सम्झौता गर्नेमात्र रुचि राखेको थियो । नेपालले तत्काल घरेलु रोजगारीमा महिला कामदार पठाउन नसकिने जानकारी दिएपछि साउदी श्रम सम्झौताबाट पछि हटेको श्रम मन्त्रालयको दाबी छ ।
२०७६ सालको अन्तिमतिर साउदीले घरेलु श्रमिक आपूर्तिबारे छुट्टै श्रम समझदारी गर्न प्रस्ताव पठाएको थियो । नेपालले भने घरेलु श्रमिकका लागि मात्र नभई सबै प्रकारका श्रमिकलाई समेट्ने अडान राख्दै आएको छ ।
श्रम सम्झौता नहुँदा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को मान्यताअनुसार कामदारले सेवासुविधा र सुरक्षा पाउन सकेका छैनन् । अहिले साउदीको आपूर्ति कम्पनीका काम गर्ने सबैभन्दा बढी नेपाली समस्यामा पर्ने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागका अनुसार साउदीमा पाँच लाखभन्दा बढी नेपाली कामदार कार्यरत छन् । एक दशकयता नौ लाख ६५ हजार कामदार साउदी पुगेको विभागको तथ्यांक छ । साउदीमा दैनिक दुईदेखि तीन सयभन्दा बढी कामदार रोजगारीमा जाने गरेका छन् । हाल साउदीमा जाने विदेशी कामदारको न्यूनतम पारिश्रमिक १४ सय रियाल अनिवार्य छ ।



