Close

Recent Posts

गुरुङ ब्युटिपार्लर कुमारीपाटीमा

गुरुङ ब्युटिपार्लर कुमारीपाटीमा
  • २७ मंसिर २०८२, शुक्रबार २१:०१

ललितपुर- सौन्दर्य क्षेत्रलाई व्यवसाय बनाएर सफल उद्यमी बन्नुभएकी ब्युटिसियन चिनु गुरुङले ललितपुरमा ८ औं शाखा खोल्नुभएको छ ।

mulpatra

पोखरामा गुरुङ ब्युटिपार्लर तथा तािलम प्रदायक संस्थाको ७ वटा शाखाको सफल व्यवसाय पछि उहाँले ग्राहकको माग पुरा गर्न काठमाडौँमा शाखा खोल्नुभएको हो । आज ललितपुरको कुमारीपाटीमा पार्लरको ३० औं वार्षिक उत्सव मनाउदै उहाँले गुरुङ व्युटिपार्लरको शाखा उद्घाटन गर्नुभयो । कार्यक्रममा नयाँ शाखाको नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा र पूर्व मिस नेपाल रुबी राणाले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । पूर्व अध्यक्ष राणाले पछिल्लो समय सौन्र्दय व्यवसाय मात्रै सुन्दरता सँग नभई महिलाको अर्थोपार्जन गर्ने महत्वपुर्ण आधार बन्दै गएको बताउनुभयो । उहाँले यस्तो उद्यमशील ज्ञानलाई विद्यालयको पाठ्यकक्रममा समेत समेट्नु पर्नेमा जोड दिनुभयो ।

संस्थाकी अध्यक्ष चिनु गुरुङका अनुसार कुमारीपाटीस्थित नयाँ शाखामा अत्याधुनिक उपकरण र प्रविधिको प्रयोगमार्फत सम्पूर्ण सौन्दर्य सेवा प्रदान गनिरे बताउनुभयो । यसैक्रममा एआई प्रविधि मार्फात कपालको रंग लगाउने डिजीटल प्रविधि समेत राखिएको उहाँले सुनाउनुभयो ।

नेपालको अग्रणी सौन्दर्य सेवा तथा तालिम प्रदायक संस्था गुरुङ ब्युटीपार्लर तथा ब्युटी एकेडेमीले आफ्नो सातौँ शाखा ललितपुरको कुमारीपाटीमा विस्तार गरेको छ । सन् १९९५ मा स्थापना भएको यस संस्थाले विगत तीन दशकदेखि सौन्दर्य सेवा तथा तालिममार्फत सयौँलाई रोजगारी प्रदान गर्दै आएको छ। बेरोजगारी न्यूनीकरण, आर्थिक सशक्तिकरण, आत्मनिर्भरता र सीप विकासलाई मूल मन्त्र बनाउँदै संस्थाले सीपमूलक तालिममार्फत युवा तथा महिलालाई उद्यमशीलतामा अघि बढाउँदै आएको छ ।