Close

Recent Posts

नेतृत्व चयनमा होमियो एमाले

नेतृत्व चयनमा होमियो एमाले
  • २९ मंसिर २०८२, आईतवार १६:५८

काठमाडौं– नेकपा एमालेको एघारौं महाधिवेशन अन्तर्गत आजबाट बन्दसत्र सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा दिउँसो सवा तीन बजेबाट बन्दसत्र सुरु भएको छ ।

mulpatra

बन्दसत्रमा २ हजार २६२ जना प्रतिनिधिहरू सहभागी छन् । उनीहरूले १ अध्यक्ष, १ महासचिव, ५ उपाध्यक्ष, ३ उपमहासचिव र ९ सचिवसहित २५१ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् । हिजो भक्तपुरको सल्लाघारीमा महाधिवेशन उदघाटन भएको थियो ।

विधान महाधिवेशन गत भदौमै सम्पन्न गरिसकेकाले आजबाट एमाले सिधै नेतृत्व चयन प्रक्रियामा प्रवेश गर्न लागेको हो । नेतृत्वमा हालका अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल दाबेदार छन् । सकेसम्म सहमतिमा, सहमति नभए मतदान प्रक्रियामार्फत् भए पनि नेतृत्व चयन गर्ने एमालेको तयारी छ ।

mulpatra mulpatra mulpatra

मतदानमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेले जनाएको छ । एमालेले अन्तिम समयमा विधान संशोधन गर्दै पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाएको छ ।