Close

Recent Posts

सिण्डिकेटधारीसँग साँठगाँठ गर्न थालेपछि संघका अध्यक्ष गुरुङको विकल्प खोज्नतिर लागे उनैलाई अध्यक्ष बनाउने म्यानपावर

व्यवसायीलाई गालीगलौज,व्यक्तिगत भिसा, भिसा किनबेच र सिण्डिकेटधारीसँग पैसाको लेनदेनसम्म

सिण्डिकेटधारीसँग साँठगाँठ गर्न थालेपछि संघका अध्यक्ष गुरुङको विकल्प खोज्नतिर लागे उनैलाई अध्यक्ष बनाउने म्यानपावरव्यवसायीलाई गालीगलौज,व्यक्तिगत भिसा, भिसा किनबेच र सिण्डिकेटधारीसँग पैसाको लेनदेनसम्म
  • २९ मंसिर २०८२, आईतवार १८:४५

काठमाडौं– वैदेशिक रोजगार व्यवासायी संघका अध्यक्ष भुवन गुरुङले संघको गतिविधिमाथि प्रश्न उठाउने म्यानपावर व्यवसायीलाई तथानाम गाली गर्न थालेका छन् ।

mulpatra

संघको अध्यक्ष भएको ६ महिना हुन लागेको छ । तर वैदेशिक रोजगार क्षेत्रका लागि सिन्को समेत भाँच्ने गरी काम नगरेपछि अध्यक्षबाट उनको राजीनामा म्यानपावर व्यवसायीले माग्न थालेका छन् ।

अप्रत्यक्ष रुपमा साँठगाँठ बढाएको संघका अध्यक्ष गुरुङले आफुले नै जापान वैदेशिक रोजगारीमा कामदार पठाउन पहल गरेको र जापानबाट डिमाण्ड ल्याउने भन्दै केही म्यानपावर व्यवसायी भिसा दिने प्रलोभन समेत देखाइरहेको चर्चा म्यानपावर व्यवसायीभित्र चलेको छ । उनलाई व्यवसायीले आज उनकै समर्थक व्यवसायी एक साताभित्र नसुध्रिए अध्यक्ष पदमा विदा गर्ने चेतावनी समेत दिएका छन् ।

mulpatra mulpatra mulpatra

व्यवसायीमाथि धम्क्याउने, हप्काउने र उनीहरुसँग भित्र–भित्रै हप्ता असुली गरेको समेत व्यवसायीको आरोप छ । यो व्यवहार एक साताभित्र नसुधारे उनीलाई हटाउनेसम्म व्यवसायीले चेतावनी समेत दिएका छन् ।

मलेसिया रोजगारीमा सिण्डिकेट, मलेसियाकै स्वास्थ्य सिण्डिकेटधारी कैलाख खड्कासँग साँठगाँठ, जापान रोजगारीमा सिण्डिकेट र म्यानपावरलाई धम्क्याउनेसम्मको गुरुङले काम गदै आएका छन् ।

उनीसँग व्यवसायी असन्तुष्ट भएपछि अग्रज म्यानपावर व्यवसायी हेम गुरुङले गत साता एउटा मिटिङ आयोजना समेत गरे । तर उनले त्यहाँ पनि अध्यक्षको दम देखाएपछि उनलाई अध्यक्ष जिताउन सहयोग गरेका व्यवसायीहरु हच्किए । त्यति मात्र होइन गुरुङको पछिल्लो गतिविधि र उनले सिण्डिकेट धारीसँग साँठगाँठ गरेको व्यवसायीले प्रमाण फेला पार्न थालेका छन् । जसका कारण अहिले उनीविरुद्ध २,४ जना भन्दा बाहेकका सबै व्यवसायीले विरोध गर्न थालेका छन् ।

Image Source: © https://mulpatra.com

संघको अध्यक्ष भएपछि गुरुङ व्यक्तिगत भिसा कामदार पठाउने, भिसा किनेर कामदार पठाउने र अन्य सिण्डिकेटधारी व्यवसायीसँग मिलेर संस्थालाई आफनो म्यानपावर कम्पनीजस्तै ठान्न थालेपछि उनीसँग म्यानपावर व्यवसायी नै रुष्ट छन् । उनकै कारण कतिपय संघको सदस्यले समेत राजिनामा दिएका छन् । भने संघको साधारण सदस्य समेत त्याग्ने व्यवसायीको संख्या समेत बढ्दो छ ।एक व्यवसायीका अनुसार उनले संघको अनलाइन प्रणाली समेत हेर्न जान्दैन् । गुरुङ आफुलाई २२ वर्षदेखि व्यवसायी गर्दै आएको र आफुविरुद्ध बोल्नलाई वैदेशिक रोजगार विभाग लगाएर छापा मार्ने धम्की समेत दिदै आएका छन् । गुरुङ स्यंम ठगिमा, भिसा किनबेच र वैदेशिक रोजगारीका सिण्डिकेटधारीसँग मिलेका छन् ।

दशैं अगाडी जापान इन्टरनेसनल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को)को कार्यक्रममा सहभागि हुने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरुङ जापान पुगेका थिए । त्यतिबेला उनले संघका पदाधिकारी र कार्यवाहक अध्यक्ष समेत कसैलाई नतोकि जापान गएको संघकै पदाधिकारीले आरोप लगाएका थिए ।

र संघका अध्यक्ष गुरुङ जिट्कोकै सञ्चालकसँग मिलेर जापान गएपछि केही कोटा ल्याउन पहल गरेका थिए । उनले जापानको रोजगारीमा केही सिण्डिकेटधारीसँग मिलेर प्रभुत्व जमाउन प्रयास समेत गरे । उनले कतिपय व्यवसायीसँग जापानबाट आफुले नै कोटा ल्याएर अरु दिनेसम्म प्रस्ताव गरेका थिए ।

गुरुङले यूएईको रोजगारी बन्द भएको विषयमा सरकारसँग पहल गर्न सकेन । जसका कारण श्रम र परराष्ट्र मन्त्रालयले वेवास्ता गदै आएको व्यवसायीको बुझाइ छ । अहिले यूएई जाने कामदारलाई प्रहरी रिपोर्टका नाममा १४ हजार २ सय लिने चलेखेलमा समेत गुरुङ संलग्न रहेको व्यवसायीको आरोप छ ।

यूएई रोजगारी भिसा खुलेसँगै खुलेसँगै रोजगारी र भ्रमणमा जाने नेपालीमाथि ‘पुलिस रिपोर्ट’ प्रमाणीकरणको नाममा नयाँ र महँगो आर्थिक भार थपेको छ । युएई जाने नेपालीहरुले भिसा प्रमाणिकरणका लागि १४ हजार २ सय तिनुपर्ने भएको छ । तर यसको पछाडी ५ जना म्यानपावर व्यवसायीको हात रहेको वैदेशिक रोजगारीमा कामदार पठाउँदै आएका व्यवसायीहरुले बताउन थालेका छन् ।

जेनजी आन्दोलनपछि पनि डिसेम्बर ४ सम्म यूएईले प्रहरी रिपोर्ट भीएफएस नगरी नै प्रहरी रिपोर्टकै आधारमा भिसा प्रमाणिकरण गदै आएको थियो । तर यूएईस्थित नेपाली दूतावासका राजदूतसहित केही कर्मचारीका कारण हाल प्रहरी रिपोर्ट भीएफएस गर्नुपर्ने अवस्था आएको एक म्यानपावर व्यवसायीले जानकारी दिए ।

प्रहरी रिपोर्ट भीएफएस गरेबापत भीएफएसलाई पनि ३ हजार पैसा जाने र अरु पैसा नेपालस्थित यूएई दूतावासमा जान्छ । यसमा पनि ठुलो आर्थिक चलखेल रहेको म्यानपावर व्यवसायीबीचमै चर्चा छ ।