कांग्रेस नेता तथा काठमाडौका तीनका निवर्तमान सांसद सन्तोष चालिसे विरुद्ध भ्रष्टाचारमुद्धा दायर
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नै. ३ का पूर्वसांसद् सन्तोष चालिसेविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा गोकर्णेश्वर नगरपालिकाका मेयर रहेका चालिसे २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए । कांग्रेसबाट सांसद भएपछि उनी अर्थ समितिका सभापति समेत रहेका थिए । हालै काठमाडौं क्षेत्र नम्बर ३ ले प्रतिनिधि सभा निर्वाचनका लागि एकल उम्मेदवारका रूपमा उनको नाम सिफारीस गरेको थियो ।
उनै चालिसे विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा तीन करोड ६८ लाख ४७ हजार ७ सय ६१ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको हो।
![]() |
![]() |
![]() |
|---|
चालिसेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
गोकर्णेश्वर नगरपालिकाको मेयर भएको अवधिमा चालिसेको आम्दानी ५ करोड हाराहारी मात्र देखिएको र घर निर्माण, आन्तरिक सजावट, जग्गा खरिद, सेयर खरिद, कर्जा भुक्तानी, जीवन बिमा र विभिन्न कम्पनीमा लगानी मा खर्च गरेको रकम भने ९ करोड जति देखिएकोले सो रकमको आयश्रोत खुल्न नगएको कारण गैरकानुनी आम्दानी रहेको अख्तियारको आरोप छ ।
आरोपपत्रमा अख्तियारले सोही रकम बराबरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कारबाहीको माग गरिएको छ।
Image Source: © https://mulpatra.com



