Close

Recent Posts

ईश्वर पोखरेल समूहले तयार गर्यो पदाधिकारी उठ्नेको नामावली, सुरेन्द्र पाण्डे महासचिव

ईश्वर पोखरेल समूहले तयार गर्यो पदाधिकारी उठ्नेको नामावली, सुरेन्द्र पाण्डे महासचिव
  • ३० मंसिर २०८२, सोमबार ०८:२५

काठमाडौं । भृकुटी मण्डपमा जारी नेकपा (एमाले) को ११औँ महाधिवेशनमा दुई पक्षिय भिडन्त हुने भएपछि ईश्वर पोखरेल समूहले पदाधिकारीको नाम तय गरेको छ । पोखरेल समुहबाट महासचिवमा सुरेन्द्र पाण्डेको नाम फाइनल गरिएको छ ।

mulpatra

त्यसै गरि उपाध्यक्षमा गोकर्ण बिष्ट, परशुमेघी गुरुङ, विन्दा पाण्डे, अरुण नेपाल प्रतिस्पर्धा गर्ने भएका छन् भने एक जनाको नाम फाइनल हुन बाँकी राखिएको छ ।

उपमहासचिवमा योगेश भट्टराईको नाम तय भएको छ भने दुई उपमहासचिव पद छलफलमै राखिएको छ ।

mulpatra mulpatra mulpatra

सचिवमा कर्ण थापा, गोकुल बाँस्कोटा, कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैर, विनोद ढकाल, इन्द्रलाल सापकोटा र रचना खड्काको नाम फाइनल गरिएको छ ।

आज बिहान ९ बजेदेखि १२ बजेसम्म उम्मेदवारको दराखास्त फाराम वितरण गर्ने र बिहान साढे १० बजेदेखि दिउँसो साढे १ बजेसम्म उम्मेदवारको दरखास्त फाराम दर्ता गर्ने कार्यक्रम छ।

प्रकाशित कार्यतालिका अनुसार दिउँसो साढे २ बजे उम्मेदवारको प्रारम्भिक नामवली प्रकाशन हुनेछ। उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहे दिउँसो ३ः१० बजेदेखि ५ बजेसम्मको समय दिइएको छ निर्वाचन भने भोलि हुनेछ ।

Image Source: © https://mulpatra.com