Close

Recent Posts

ओली अध्यक्ष र शंकर नै महासचिवमा दोहोरिने, पौडेल फेरी उपाध्यक्षमै

ओली अध्यक्ष र शंकर नै महासचिवमा दोहोरिने, पौडेल फेरी उपाध्यक्षमै
  • ३० मंसिर २०८२, सोमबार १०:५१

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेका बेला अध्यक्ष केपी शर्मा ओली तेस्रोपटक प्रतिस्पर्धामा उत्रिएका छन् ।

mulpatra

ओलीको टीमबाट उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा बादल, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली उम्मेदवार बन्ने तय भएको छ । यद्यपी उपाध्यक्षमा उम्मेदवार बन्न ज्ञवालीले अश्वीकार गरेकाले छलफल जारी रहेको छ । अहिलेसम्म उम्मेदवार टुंगो नलागिसकेको ज्ञवालीले बताए ।

महासचिवमा शंकर पोखरेल नै प्रतिस्पर्धामा उत्रिने तय भएको छ । उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र भानभुक्त ढकाल उम्मेदवार बन्नेगरी छलफल अन्तिम चरणमा पुगेको छ ।

mulpatra mulpatra mulpatra

सचिवमा लेखराज भट्ट, छविलाल विश्वकर्मा र पद्मा अर्याल दोहोरिने तय भएको छ । अन्य नयाँमा खगराज अधिकारी, शेरधन राई, यमलाल कँडेल, हिक्मत कार्की, महेश बस्नेत र ज्वालाकुमारी साह उम्मेदवार बन्ने भएका छन् ।

यद्यपी उपमपहासचिव र सचिवको नाम अन्तिममा केही तलमाथि हुनसक्ने नेताहरुको भनाइ छ । सचिवमा डा.राजन भट्टराई, शेरवहादुर तामाङ,गोरख बोगटीलगायतको पनि दावी कायमै रहेकाले अन्तिममा केही नाम तलमाथि हुनसक्ने नेताहरुको आँकलन छ ।