Close

Recent Posts

श्रम र उर्जा मन्त्री हुँदा गोर्कण विष्टले जनताको छोरो भएर काम गरे, कामदारमाझ चर्चा

विष्टले दबाब होइन जनताको अभाव बुझन्छन्

श्रम र उर्जा मन्त्री हुँदा गोर्कण विष्टले जनताको छोरो भएर काम गरे, कामदारमाझ चर्चाविष्टले दबाब होइन जनताको अभाव बुझन्छन्
  • ३० मंसिर २०८२, सोमबार ११:३०

काठमाडौं– गोर्कण विष्ट एमालेका सचिव छन् । उनी एमालेभित्र निकै पपुलर नेता हुन् । विष्ट दुई पटक मन्त्री बनिसकेका छन् । उनी ऊर्जा मन्त्री रहँदा सम्पूर्ण बक्यौता रकमहरू नेपालका सरकारी निकायबाट उठाउन लगाएका थिए । त्यति बेला उनको चर्चा पनि राम्रै भएको थियो । बक्यौता रकम उठाउन उनले स्यंम सिंहदरबारकै लाइन पनि काटेका थिए ।

mulpatra

एमालेको ११ औं महाधिवेशनमा विष्ट उपाध्यक्षका लागि लड्दैछन् । नेकपा एमालेको पदाधिकारीका लागि ईश्वर पोखरेल समूहले अध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुंगो लगाएको छ । उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल उम्मेदवार बन्ने पक्का भएको छ । उपमहासचिवमा योगेश भट्टराई र बैजनाथ चौधरी, सचिवमा रचना खड्का, विनोद ढकाल, कर्ण थापा लगायतका नेता छन् ।

ओलीको टीमबाट उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा बादल, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली उम्मेदवार बन्ने तय भएको छ । यद्यपी उपाध्यक्षमा उम्मेदवार बन्न ज्ञवालीले अश्वीकार गरेकाले छलफल जारी रहेको छ ।

mulpatra mulpatra mulpatra

महासचिवमा शंकर पोखरेल नै प्रतिस्पर्धामा उत्रिने तय भएको छ । उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र भानभुक्त ढकाल उम्मेदवार बन्नेगरी छलफल अन्तिम चरणमा पुगेको छ ।

सचिवमा लेखराज भट्ट, छविलाल विश्वकर्मा र पद्मा अर्याल दोहोरिने तय भएको छ । अन्य नयाँमा खगराज अधिकारी, शेरधन राई, यमलाल कँडेल, हिक्मत कार्की, महेश बस्नेत र ज्वालाकुमारी साह उम्मेदवार बन्ने भएका छन् ।

यद्यपी उपमपहासचिव र सचिवको नाम अन्तिममा केही तलमाथि हुनसक्ने नेताहरुको भनाइ छ । सचिवमा डा.राजन भट्टराई, शेरवहादुर तामाङ,गोरख बोगटीलगायतको पनि दावी कायमै रहेकाले अन्तिममा केही नाम तलमाथि हुनसक्ने नेताहरुको आँकलन छ ।

Image Source: © https://mulpatra.com

गोर्कण विष्ट स्पष्ट वक्ताका रुपमा चनिने एमालेका नेताभित्र पर्छन् । उनले उर्जा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री हुँदा पार्टीभन्दा माथि उठेर देश र जनताकै छोरो भएर काम गरेको एमाले मात्र होइन अन्य पार्टीमा पनि चर्चा छ । विष्टले उर्जा मन्त्रीपछि श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनैको पालामा प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार ऐन संम्बोधन, स्वदेशमै रोजगारी सिर्जना र रोजगारदाता देशसँग अनिवार्य श्रम सम्झौता गरेर मात्र कामदार पठाउनुपर्ने व्यवस्था अघि सारेका थिए ।

देशमा रोजगारीका अवसर नभएपछि दैनिक हजारौं युवा वैदेशिक रोजगारीका लागि जान बाध्य छन् । देशकै मेरुदण्ड मानिने युवाशक्ति दिन प्रतिदिन विदेश जानु विडम्बनापूर्ण अवस्था भएको उनै विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएका थिए । तर पछि आएका अन्य श्रम मन्त्रीले यस कार्यक्रममा बदनाम गरेका थिए ।

विदेशमा रोजगारीका लागि सिप सिकेर मात्र जाने, श्रम सम्झौता गरेर भरपर्दो म्यानपावरबाट मात्र कार्य गर्नेजस्ता पक्षमा ध्यान दिनुपर्छ। सम्झौताअनुरूपको तलब, सेवासुविधा र सुरक्षा प्रत्याभूति गर्ने जस्ता कुरामा विशेष ध्यान दिनुपर्छ। तसर्थ, वैदेशिक रोजगारीमा जानुभन्दा पहिले यस्ता कुरामा ध्यान दिन सकियो भने वैदेशिक रोजगारीमा देखिएका समस्यालाई न्यूनीकरण गर्न सकिन्छ भन्ने विष्टको धारण थियो । सोही अनुसार उनले वैदेशिक रोजगारीमा पहिलो प्राथमिकता सिप हो । बिनासिप विदेश जानु जोखिमपूर्ण छ । अधिकांश नेपाली गाउँबाट सहर आई १÷२ महिना सिप सिकेर गाउँतिरैका एजेन्ट वा सहरिया एजेन्टलाई सिधै पासपोर्ट बुझाएर विदेश जान पाइन्छ भन्ने भ्रममा चिर्न प्रयास मात्र गरेनन् । कतिपय काम सुरु नै गरेका थिए ।

कन्सल्टेन्सी फर्म, ट्राभल एजेन्सी, मनी ट्रान्सफर, दलाल, एजेन्ट वा अन्य कुनै पनि संस्थालाई वैदेशिक रोजगारीमा पठाउने अधिकार नहुने हुँदा यस्ताको भरमा रोजगारीमा जाने क्रमपनि रोक्न विष्टले प्रयास थालेका थिए ।

वैदेशिक रोजगारीको अवस्था, श्रम स्वीकृति प्रक्रिया, यसमा सुधार तथा विदेश जानुपूर्व, गइसकेपछि र फर्केपछि थाहा पाउनुपर्ने विषयहरू धेरै छन् । अवैधानिक रूपमा वैदेशिक रोजगारी रोक्न सरकारले जतिसुकै नीति बनाए पनि ती व्यावहारिक रूपमा प्रयोगमा नआउँदा समस्या पर्ने गरेको पीडितहरूको गुनासो छ ।

वैदेशिक रोजगारीमा समस्या परेपछि उद्धार र सहयोगका लागि हारगुहार आउनुपूर्व नै वैदेशिक रोजगारी र श्रम स्वीकृतिबारे जनचेतना जगाएमा वैदेशिक रोजगारी सुरक्षित, मर्यादित र व्यवस्थित हुन्छ । भन्नेमा विष्ट प्रष्ट थिए ।

मलेसियाको रोजगारीमा वर्षोदेखि कायम सिन्डिकेट हटाउने र वैदेशिक रोजगारिलाई सुरक्षित बनाउने प्रयास गरेका विष्टलाई हटाउनुपर्ने कारणबारे सामाजिक संजालमा विभिन्‍न प्रश्‍न सोधिएको थियो । यस विषयमा तत्कालिन प्रधानमन्त्री केपी ओलीको पनि आलोचना भएको थियो ।

विष्टको सक्रियताका कारण वैदेशिक रोजगारीमा मनोमानी गर्दै आएको एउटा गिरोह पहिलेदेखि नै तनावमा थियो । त्यही स्वार्थी समूहको लबिङ र दबाबमा उनलाई हटाइएको ओराप अहिले सम्म चर्चा । अहिले तीनै सिण्डिकेटधारीकै कारण मलेसिया रोजगारीमा समस्या देखिन्छ ।