महासचिव पद नदिएपछि मैदान छाडेर घर फर्किए ज्ञवाली
काठमाडौं– महासचिव पदमा दाबी गर्दै आएका प्रदीप ज्ञवालीले पार्टीको उपाध्यक्ष बन्न अनिच्छा देखाएका छन् । भोलि (मंगलबार) हुने निर्वाचनबाट एमालेको नयाँ नेतृत्व चयन हुँदैछ । यसैबीच अध्यक्षका दुई प्रतिस्पर्धी केपी शर्मा ओली र ईश्वर पोखरेल समूहको छुट्टाछुट्टै प्यानल बनिरहेको छ ।

ओली समूहको उपाध्यक्ष पदमा प्रदीप ज्ञवालीको नाम सार्वजनिक भएको छ । तर, उनले भने उपाध्यक्ष बन्न अनिच्छा देखाएको स्रोतले बताएको छ । उनले यसअघि अध्यक्ष ओलीसँग पनि आफूले महासचिव पदमा आफ्नो दाबी रहेको बताएका थिए । ज्ञवाली अहिले महाधिवेशनस्थलमा छैनन् । आफ्नो नाम उपाध्यक्षमा राखेपछि असन्तुष्ट देखिएका ज्ञवाली घरमै आराम गरिरहेको उनी निकट स्रोतले बतायो ।
